• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

निकै उचाइमा पुगेँ, खस्दा पनि छर्लङ्ग नै खसेँ


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • मनीषा कोइराला

    Advertisement

    मेरो जीवनका तीन घुम्तीहरू छन्। जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म उद्योग जहाँ मैले कसैलाई चिनेकी थिइनँ। जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन। नयाँ ठाउँ, नयाँ वातावरणमा गएर त्यहाँ संघर्ष गर्नु मेरा लागि नयाँ मोड थियो।

    दोस्रो मोड, जब मलाई क्यान्सर भयो, त्यो पनि एकदमै नयाँ वातावरण थियो। मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर। त्यो दोस्रो घुम्ती भयो।

    तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षकी भएँ। मेरो कोसिस के छ भने नौलो जिन्दगी हुने छ। मसँग यत्रो वर्षको भोगाइ, पीडा र दुःख–सुःखको एउटा अनुुभव छ। त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने भनेर अहिले तेस्रो घुुम्तीमा छुु।

    जवान हुँदा मसँग असाध्यै ऊर्जा थियो। त्यसैको प्रभावले कहिले निकै उचाइमा पुगेँ, खस्दा पनि छर्लङ्ग नै खसेँ।

    क्यान्सरले ग्रसित हुनुु मेरो जीवनको एउटा महत्त्वपूर्ण समय थियो। त्यसैले जहिल्यै पनि सम्झन चाहन्छुु। जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ। र त्यतिखेर म मृत्युुको बोधले या भयले घेरिएको थिएँ। एक्लोपनले गिजोलेको थियो। मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन हुन्छ। कसैको छिटो, कसैको ढिला। तर, हामीले एक दिन भोग्नुु नै पर्छ।

    मैले बाँच्न पाएँ भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोचेको थिएँ, ल यस्तो, यस्तो, यस्तो गर्छु भनेर। बाँच्न पाएँ। अहिले त्यही बाटोमा म हिँडिरहेको छु।

    क्यान्सरको उपचार गर्न अस्पतालमा बस्दा आशावादी त म थिइनँ। म निराश थिएँ। लाग्यो, यही मेरो जीवनको अन्तिम क्षण हो। अन्तिम दिनहरू हो।

    असाध्यै हीनताबोध के भइरहेको थियो भने मैले जीवन पाएँ तर त्यसको भरपूर उपयोग गर्न सकिनँ। त्यसको दुरुपयोग गरेँ। म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षको थिएँ। मैले ४१ वर्षसम्म बाँच्न पाएको थिएँ। उपयोग आफैँले बाँच्न गरेँ भनेर असाध्यै हीनताबोध भएको थियो।

    हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर। आफन्त को हो भनेर, आफन्त देखिने भनेको को रहेछरु जीवनमा के महत्वपूर्ण रहेछरु के संवेदनशील छरु के संवेदनशील छैन भनेर।

    क्यान्सर हुनुुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ, मेरो अन्त्य छैन भनेर। अंहकार जस्तो थियो।’ हामीले आफ्नो मृत्युको बारेमा सोचेकै हँुुदैनौँ। अब त कहिले मर्ने थाहा भएन। मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो। एक्लोपन असाध्यै भयो। डर असाध्यै लाग्यो। बाँच्छुु, जिउँछुरु कतिसम्म बाँच्छुु र कहिलेसम्म कुन हालतमा बाँच्छुरु किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ भन्ने पनि थाहा थिएन। अपाङ्ग भएर बाँच्छु कि भन्ने सोचहरू मनमा आएको थियो। भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु।

    जब हस्पिटलमा थिएँ, त्यतिखेर मैले सोचेको मान्छेहरू, माया गरेको मान्छेहरु मसँग कोही आएनन्। मेरो आमाबुवा र निकट साथीहरुभन्दा बाहेकका एउटादुुइटा आए। मेरो त जमातै हुुन्थ्यो, ठूलो सर्कलमा साथीहरु थिए। त्यतिखेर कोही भएन। म एक्लो निराश भएर हस्पिटल बेडमा बसिराखेको हुन्थेँ।

    एकजना डाक्टर हुुनुुहुुन्थ्यो। हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो। पूरा दिन मसँग बस्नुहुुन्थ्यो। एकचोटि बस्नुुभो। दुुईचोटि बस्नुुभो। मेरो मनमा धेरै प्रश्नहरू आउन थाले। एकदिन त मैले आफूलाई रोकेर सोधेँ, ‘तपार्इं आइतबार यहाँ आएर बस्नुहुन्छ। न्युयोर्कको राम्रो हस्पिटलको डाक्टर हुनुुहुन्छ। त्यहाँ तपाईं यति व्यस्त हुनुुहुन्छ हप्तैभरि। आइतबार एक दिन पाउनुहुुन्छ त्यो आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो। तर, तपाईं मकहाँ आउनुहुन्छ। तपार्इं मेरो फ्यान पनि होइन। साथी पनि होइन। किन आएर मसँग बस्नुहुन्छ। आफ्नो महत्त्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुुभएको छ?’

    उहाँले भन्नुुभो, ‘मनीषाजी सो द्याट यु डु दिस समबडी एल्स।’ म अवाक् भएँ। उहाँले आफूलाई भनेर होइन कि थाहा रहेछ म एक्लो छु भनेर। र मलाई साथको खाँचो छ भनेर। त्यसैले उहाँ आउनुुभो। उहाँलाई इच्छा रहेछ मैले पनि त्यसै गरिदिऊँ, कसैलाई परेको बेलामा।

    हरेक मान्छेहरूको सोच फरक हुन्छ। तपाईंसँग एकजना होस्, दसजना होस्, कोही नहोस्। तर, तपाईं शान्त हुनुहुन्छ भने केही हुँदैन। हामीलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौँ। यसले माया गर्देला, मलाई दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं। तर, उभियो भने ठीकै छ नउभिए पनि ठीकै छ नि त भनेर स्वीकार गर्न सक्नुुपर्छ। माया प्रेम पाए पनि राम्रो नपाए पनि राम्रो। ब्यालेन्ससिटको फर्मुुलामा गयो भने गाह्रो हुन्छ।

    उचाइमा पुुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ। म युवा हुुँदा नाक आकाशतिर फर्र्काएर हिँड्थेँ। इगो धेरै बुस्ट हुन्छ। मेरो सेकेन्ड इनिङमा मैले सफलता पाएँ र यसमा रमाएँ। किनभने मैले असाध्यै मेहनत गरेँ, त्यसमा सफल भएँ। मैले आफैँलाई असाध्यै आशीर्वाद दिएँ। मैले आफैँले स्याबास भनँे पनि। तर, मलाई यति थाहा छ, यी सबै सकिने रहेछ। जिन्दगीको सत्य अस्थायी हो। भोलि के हुन्छ थाहा हुँदैन।

    उचाइमा पुुग्दा सीमितता हुन्छ। अब यो पछि के गर्ने भन्ने हुन्छ। त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन। हामी मनुष्य हरेकको जीवनमा साझा सत्य के हुन्छ भने निराशा, सफलता। हामी सफल पनि देख्छौँ, ओरालो झरिरहेका पनि हुन्छौँ। सानो होस् या ठूलो कुरा होस्, कहीँ हामीलाई धेरै माया, इज्जत दिइन्छ। त्यो सधैँभरका लागि हँुदैन। भोलि गएर कहीँ अपमान, बेइज्जती सहनुपर्ला। म धेरै नै ओरोलोमा झर्न चाहिनँ र धेरै नै उचाइमा पुुगेर पागल पनि हुन चाहँदिनँ भन्ने मानवीय स्वभाव रहेछ।

    जब मैले जिन्दगीलाई बुझ्दै गएँ धेरै बुुझ्ने भएँ। युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दा म ओहो१ मीनाकुमारी भन्थेँ। एकदम निराश हुने। हरेक चिज परिवर्तन हुन्छ। अहिले जब उमेर बढ्दै गयो लाग्छ– हरेक चिज परिवर्तनशील छन्। जिन्दगी बुुझेर बाँचेको राम्रो।

    क्यान्सर भएर बेडमा हुँदा मैले सोचेको थिएँ– जिन्दगीलाई सुधार गर्छु। जसले मलाई साँचो माया गरेको छ, जो अहिले मसँग उभिएको छ त्यो सम्बन्धलाई अपनत्व महसुुस गराउँछुु, झन् सुदृढ गराउँछु, मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछुु। त्यो सबै एकएक गर्दै हिँडिराख्याछु अहिले। धेरै मान्छेले बम्बईमा फेरि करिअर सुरू हुन्छ भनेर सोचेका थिए। किनभने मलाई सिनेमा मन पर्छ। अभिनय, कथाहरू भन्न, सुुन्न, हेर्न मन लाग्छ। तर, मेरो अर्को पाटो खुुलिसकेको छ। अब म जिन्दगी बाँच्न चाहन्छु। जहाँ मेरो आत्माले भन्छ, जहाँ मलाई खुसी लाग्छ, त्यो बाटो हिँड्दै जान्छु जहाँ मलाई दिमागले नबाँधोस्। म जिन्दगीलाई खुुला गर्दैछु।

    मनमा एउटा सोच थियो, म जुन उचाइमा थिएँ। फेरि त्यही उचाइमा लगेर म निर्णय लिन्छु। निरन्तर गर्छु कि गर्न चाहँदिनँ। किनभने, जो मान्छेले मृत्युको बोध गरेको हुन्छ त्यसलाई धैरै कुराले बाँध्दैन। म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन। तर, एउटा फ्लोमा करिअर थियो। मैले कडा मिहिनेत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु र राम्रो काम गरेपछि एक्कासि जिन्दगीले जोडले मलाई लगेको थियो। एकदमै महत्त्वाकांक्षी भएर म अगाडि बढेको होइन। पहिला पनि म त्यस्तो महत्त्वाकांक्षी होइन, अहिले पनि छैन।

    मलाई अनुुभव हुन्छ मैले केही महत्त्वकांक्षा प्रयोग गरेँ, जब केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेँ। तर, पूर्ण क्षमतावान् थिएँ, महत्त्वाकांक्षी हुनका लागि।

    मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन। म धैरै कलात्मक, सिर्जनशील, जिप्सी छु। राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीतिको बारेमा सुन्दासुन्दा रुचि कम छ। राजनीति सजिलोसँग बुुझिन्छ।

    नेपाली सिनेमाको अहिले राम्रो समय छ। ‘पूूर्णबहादुरको सारङ्गी’ भन्ने सिनेमा छ नि पहिलो ५० करोड बढी कमाउने। यो सुरुआत हो। किनकि, पहिलेपहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो। अहिले सय करोडमा पुुगेपछि सम्भावनाको ढोकाहरू खुुलेका छन्।

    हामीले सिर्जनशीलता दिनुपर्छ। नेपाली समाजमा किताब पढ्नेहरू बढी छन्। त्यसको मतलब यदि कसैले सिर्जनशील फिल्म बनाउँछ भने हाम्रो आफ्नो माटो, परम्परा, कथाहरू फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौँ। त्यस्ता फिल्म निर्माताहरु युवापुस्ताहरुमा देखिएका छन्।

    (क्यान्सरलाई पराजित गरेकी अभिनेत्री मनीषा कोइरालासँग पत्रकार विजय कुमारले पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिवलमा गरेको संवादमा आधारित)

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.