• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विश्व बैङ्कको १५ करोड डलर ऋण स्वीकार, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सरकारले विश्व बैङ्क समूहले दिने १५ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।

    Advertisement

    २०८१ फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ब्रिजेस इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम तेस्रो चरणअन्तर्गत १५० मिलियन (१५ करोड) अमेरिकी डलरबराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

    सो वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ताटोली गठन गर्ने र उक्त टोलीलाई विश्व बैङ्कसँग वार्ता गर्न अख्तियारी दिने निर्णय भएको हो ।

    त्यसैगरी सरकारले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्यसम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई स्वीकृतिसमेत दिएको छ ।

    यस्ता छन्, सरकारका निर्णय
    भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने हाई लेभल १२ रिजनल आर एन्ड सर्कुलर इकोनोमी फोरम इन द एसिया एन्ड द प्यासिफिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशप्रसाद सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
    थाइल्यान्डको बैङ्ककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने एसिया एन्ड द प्यासिफिक रिजनल प्रिप्याराटोरी मिटिङ फर द २ युनाइटेड नेसन्स फुड सिस्टम समिट स्टोकट्याकिँङ मुमेन्ट (युएनएफएसएस ४०) कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जयबहादुर टन्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    अमेरिकाको हावर्ड युनिभर्सिटी इन क्याम्ब्रिज मासाचुसेतस्मा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने हावर्ड मसनिस्टरियल लिडरसिप प्रोग्रामअन्तर्गतको २०२५ हावर्ड मिनिस्टरियल लिडरसिप फोरम कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने ।

    विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलरबराबरको प्रश्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैङ्कसँग वार्ता गर्न अख्तियारी दिने ।

    नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा श्री शरद ओझा, कञ्चनपुरलाई नियुक्त गर्ने ।

    २०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन माननीय खानेपानी मन्त्रीलाई स्वीकृति दिने ।

    २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य बिपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला बिपत् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने ।

    झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन) आदेश–२०८१ स्वीकृत गर्ने ।

    २०८१ फागुन २७ र २८ मा अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने एनुअल ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन कन्फिरेन्स विषयक कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एकजनालाई बढुवा गर्ने । साथै एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्ने ।

    २०८१ फागुन २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने वल्र्ड सस्टेनेभल डेभलपमेन्ट समिट (डब्लुएसडीएस) कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।

    पथरी शनिश्चरे नगरपालिका मोरडलाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं. १० मा रहेको राष्ट्रिय बनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

    आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनको नेसनल एथनिक अफेयर्स कमिसन (एनइएसी) बिच हस्ताक्षर हुने स्ट्रेनथेनिङ फ्रिन्डली कोअपरेसन विषयक समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.