• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ तर त्यसको उज्ज्वल भविष्यमाथि हाम्रो अगाध विश्वास छ


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    अनलाइन खबरमा दिएको अन्तर्वार्तामा मैले भनेको थिएँ : “मसाल मात्र होइन, संसारकै कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ ।”
    मेरो उक्त भनाइबारे कतिपय भ्रामक प्रकारका टिप्पणी भएका छन् । त्यस प्रकारको भ्रमको निवारणको लागि सायद केही स्पष्टीकरण आवश्यक हुन गएको छ ।

    हाम्रो पार्टीले बारम्बार यो कुरा बताउने गरेको छ कि आज विश्व कम्युनिस्ट आन्दोलन नै पतनोन्मुख अवस्थामा छ र त्यसको असर हाम्रो पार्टीमा पनि परेको छ । त्यति मात्र होइन, हाम्रो पार्टीका दस्तावेजमा यो कुरा पनि स्वीकार गरिएको छ कि सैद्धान्तिक रूपले हाम्रो पार्टी सर्वहारा वर्गको पार्टी भए पनि सङ्गठनात्मक रूपले त्यो निम्न पुँजीवादी वर्गको पार्टीजस्तै बनेको छ । यसको अर्थ हो– हाम्रो पार्टीमा निम्नपुँजीवादी सोचाइ हावी छन् र त्यसैले, हाम्रो पार्टी पूरै नै सर्वहारा वर्गको पार्टी बन्न सकेको छैन । एकातिर, विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको पतनोन्मुख प्रवृत्तिको असर र अर्कातिर हाम्रो पार्टीको सङ्गठनात्मक आधार मूल रूपमा निम्नपुँजीवादी भएको हुनाले हाम्रो पार्टी पनि विश्वस्तरमा देखा परेको पतनोन्मुख प्रवृत्तिबाट बच्न सकेको छैन । त्यो वास्तविक तथ्य हो र अनलाइन खबरमा दिएको अन्तर्वार्तामा यो कुरा स्पष्ट शब्दमा स्वीकार गरिएको छ ।

    त्यो अन्तर्वार्तामा कम्युनिस्ट आन्दोलनमा त्यस प्रकारको पतनोन्मुख प्रवृत्ति देखा पर्नुको कारण के हो ? त्यो कुरा स्पष्ट गर्दै भनिएको छ : कम्युनिस्ट पार्टीलाई “अवसरवाद, व्यक्तिवादले खाएको छ । त्यसको असर मसालमा पनि परेको छ ।”

    संसारको कम्युनिस्ट आनदोलनमा विकृति आउनुको एउटा मुख्य कारण व्यक्तिवाद हो । त्यसको अर्थ हुन्छ– सामाजिक हित वा शोषित, मिहिनेतकस जनताका हित वा पार्टी र क्रान्तिका सिद्धान्त र उद्देश्यलाई भन्दा व्यक्तिगत फाइदालाई प्राथमिकता बनाएर काम गर्नु । जब कुनै कम्युनिस्टमा त्यस प्रकारको प्रवृत्ति हावी हुँदै जान्छ, त्यसको अवसरवादतिर पलायन हुँदै जान्छ । त्यही कारणले संसारका पहिले समाजवादी भएका रुस, चीनसहित कैयौँ देशका लामो क्रान्तिकारी इतिहास भएका ठुला ठुला कम्युनिस्ट पार्टीहरूको पतन भएर गयो वा समाजवादी व्यवस्था भएका देशमा पनि पुँजीवादको पुनर्स्थापना भयो । यो कुनै लुकेको कुरा होइन कि त्यही कारणले हाम्रो पार्टी मसालका पनि कैयौँ नेता वा कार्यकर्ताले अवसरवाद वा पलायनको बाटो समात्दै गएका छन् । अर्का शब्दमा, उनीहरूमा पतनोन्मुख प्रवृत्ति देखा पर्दै गएका छन् ।

    धेरै लामो कुरा नगरौँ, हाम्रो पार्टीको खालि एक दशकको मात्र इतिहासको कुरा गर्ने हो भने त्यस प्रकारको पतनोन्मुख प्रवृत्ति हाम्रो पार्टीका कैयौँ नेता वा कार्यकर्तामा पनि बारम्बार देखा परेका कैयौँ उदाहरण पाइन्छन् ।

    अर्को समस्या हो, अराजकतावादी चिन्तन प्रणालीले पनि कम्युनिस्टलाई व्यक्तिवादतिर वा पतनोन्मुख दिशातिर लैजान्छ । कम्युनिस्ट पार्टीको लेनिनवादी सिद्धान्तले सामूहिकता वा अनुशासनमा विशेष जोड दिन्छ । त्यसको विपरीत बुर्जुवा पार्टीहरूमा व्यक्तिवादलाई प्रोत्साहन दिइन्छ र त्यसैलाई उनीहरूले व्यक्तिगत स्वतन्त्रता बताउने गर्दछन् । उनीहरूका दृष्टिकोणमा कम्युनिस्ट पार्टीले अपनाउने लेनिनवादी सङ्गठनात्मक प्रणाली अधिनायकवाद हो ।

    कम्युनिस्ट आन्दोलनमा मार्क्स, एङ्गेल्सको समयदेखि नै अराजकतावाद वा व्यक्तिवादको प्रवृत्ति लगातार देखा पर्दै आउने गरेको छ र मार्क्सवादी–लेनिनवादीले लेनिनवादी सङ्गठनात्मक प्रणालीको रक्षाका लागि त्यस प्रकारको अराजकतावादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । अराजकतावादले लेनिनवादी सङ्गठनात्मक प्रवृत्तिको विरोध गरेर व्यक्तिवाद वा स्वच्छन्दतावादतिर जोड दिन्छ । एङ्गेल्सले आफ्नो प्रसिद्ध पुस्तक “ड्युहरिङ मतखण्डन” मा बताएअनुसार समाजमा मानिसको आम प्रवृत्ति अधिभूतवादी प्रकारको हुन्छ । त्यस प्रकारको प्रवृत्तिले पनि व्यक्तिवाद प्रकारको चिन्तन प्रणालीलाई प्रोत्साहित गर्दछ । हाम्रो पार्टीको इतिहासमा पनि बारम्बार त्यस प्रकारका प्रवृत्ति देखा पर्दै आएका छन् र हामीले तिनीहरूका विरुद्ध सङ्घर्ष गर्दै आउनुपरेको छ ।

    लेनिनले यो बताएका छन कि अराजकतावादको श्रोत बुद्धिजीवीमा बढी हुन्छ । त्यसैले लेनिनले भनेका थिए– पहिले मैले पार्टीमा सयमा दुई जना बुद्धिजीवी हुनुपर्छ भनेको थिएँ तर उनले पछि भनेका थिए– मेरो त्यो भनाइ गलत रहेछ, हजारमा दुई जना मात्र बुद्धिजीवी हुनुपर्दो रहेछ ।

    पार्टीमा अवश्य पनि बुद्धिजीवीको आवश्यकता पर्दछ तर कुनै बुद्धिजीवी मार्क्सवादी–लेनिनवादी दार्शनिक चिन्तन, सङ्गठनात्मक पद्धति, अनुशासन वा पार्टी जीवनको लामो प्रक्रियाबाट गएपछि नै पार्टीको नेता वा कार्यकर्ता बन्न सक्दछ तर कैयौँ बुद्धिजीवीहरू त्यस प्रकारको सङ्गठन प्रक्रियाबाट जान तयार हुँदैनन् र उनीहरूमा एकैपल्ट पार्टी नेतृत्वमा पुग्ने महत्त्त्वकाङ्क्षा देखा पर्दछ । जुन बुद्धिजीवीमा त्यस प्रकारको प्रवृत्ति देखा पर्दछ, उनीहरू झन्पछि झन् बढी अनुशासनविहीन वा अराजकतावादी बन्दै जान्छन र पार्टीबाट टाढा हुँदै जान्छन् । नेपालमा आफ्नो व्यक्तिवादी र अराजकतावादी स्वभावका कारणले पार्टीबाट उछिट्टिएर र व्यक्तिवादी प्रकारको चिन्तन प्रणालीमा रमाएका बुद्धिजीवीको उदाहरणको कमी छैन । त्यति मात्र होइन, कुनै बेला क्रान्तिका ठुला ठुला कुरा गर्ने व्यक्तिहरू पनि प्रतिक्रियावादी क्याम्पमा मिल्न गएर पतन भएका कैयौँ उदाहरण पनि पाइन्छन ।

    कतिपय व्यक्तिले मेरो अन्तर्वार्तामा हाम्रो पार्टीमा पनि पतनोन्मुख प्रवृत्ति भएको कुरा मात्र देखेका छन् तर उनीहरूको ध्यान त्यो वक्तव्यमा भनिएको यो कुराप्रति गएको देखिदैन : “क्रान्तिकारी कम्युनिस्ट पार्टीको आदर्श कमजोर भएको छ तर मार्क्सवाद र लेनिनवादको क्रान्तिकारिता पतनोन्मुख हुन सक्दैन । त्यो आदर्शको महत्त्त्व अझै बढी छ ।” त्यसरी आज कम्युनिस्ट आन्दोलनमा विश्वस्तरमा वा नेपालमा पनि देखा परेको पतनोन्मुख प्रवृत्तिप्रति हाम्रो ध्यान गएको छ तर हामी निराश छैनौँ र त्यो पतनोन्मुख प्रवृत्तिमा परिवर्तनको लागि हामीले लगातार सङ्घर्ष गर्दै आएका छौँ ।

    गत कालमा त्यस प्रकारका तत्त्वका विरुद्ध हामीले गर्दै आएको सङ्घर्ष तथा पार्टीमा रूपान्तरणको लागि हामीले चलाउने गरेको अभियानबाट त्यो कुरामा कुनै शङ्का रहँदैन । त्यसैले त्यो अन्तर्वार्तामा दृढतापूर्वक भनिएको छ– “मार्क्सवाद र लेनिनवादको क्रान्तिकारिता पतनोन्मुख हुन सक्दैन ।” त्यसमा अगाडि लेखिएको छ– “त्यो आदर्शको महत्त्व अझै बढी छ ।” त्यसरी हामीले पतनोन्मुखजस्तो नकारात्मक प्रवृत्तिप्रति होइन, “मार्क्सवाद र लेनिनवादको क्रान्तिकारिता” माथि बढी विश्वास गर्दछौँ र हाम्रो यो पनि विश्वास छ कि “त्यो आदर्शको महत्त्व अझै बढी छ” तर जुन व्यक्तिहरूको जुन प्रकारको दृष्टिकोण वा स्तर छ, उनीहरूको मुख्य ध्यान त्यही कुराप्रति नै जान्छ र सायद त्यसैले उनीहरूले मेरो अन्तर्वार्तामा भनिएको “पतनोन्मुख” शब्दावलीतिर नै बढी केन्द्रित भयो र उनीहरूले त्यससित जोडिएको मार्क्सवाद र लेनिनवादको क्रान्तिकारिता र त्यसको उज्ज्वल पक्षप्रति उनीहरूको ध्यान जान सकेन ।

    त्यो अर्न्तवार्तामा खालि कम्युनिस्ट मात्र होइन, कम्युनिस्टभन्दा बाहिर समाजमा, यहाँसम्म कि बुर्जुवामा पनि व्यक्तिगत स्वार्थका लागि भन्दा समाजको हित वा समाजको सेवाको लागि त्याग र बलिदान गर्ने मानिसको ठुलो सङ्ख्या भएको कुरा बताइएको छ । त्यसरी त्यो अन्तर्वार्ताले सम्पूर्ण मानवजातिमाथि नै ठुलो आशा र विश्वास प्रकट गरेको छ ।

    यस सन्दर्भमा संसारभरिका आमामा पाइने एउटा सर्वश्रेष्ठ गुणको पनि चर्चा गरिएको छ । आमाहरूले उनीहरू कम्युनिस्ट नै नभए पनि आफ्ना सन्तानप्रति जुन माया गर्छन्, जुन सेवा गर्दछन्, आफ्ना सन्तानका लागि निःस्वार्थ भावले जुन दुःखकष्ट उठाउन वा त्याग र बलिदान गर्न तयार हुन्छन्, त्यो मानव जातिको नै सर्वश्रेष्ठ गुण हो । सायद कुरा त्योभन्दा बढी छ । त्यस प्रकारको गुण खालि मानिसमा मात्र होइन, सामान्य प्राणीमा पनि पाइन्छ । जुन दिन त्यस प्रकारको गुणको खालि आफ्ना सन्तानप्रति मात्र होइन, सम्पूर्ण समाज र विश्वप्रति विस्थापित हुनेछ, त्यो दिन धर्ती स्वर्ग हुनेछ, निश्चय नै स्वर्गलाई यहाँ आध्यात्मिक वा दैव्य अर्थमा होइन, लौकिक वा भौतिक अर्थमा नै लिइएको छ र लिनुपर्दछ ।

    प्रस्तुत उपन्यासले यो आशा र विश्वास प्रकट गरेको छ कि अन्तमा सम्पूर्ण मानव समाज उज्ज्वल, सुखी र स्वर्ग बन्नेछ । उपन्यासले यो कुरामा आशा र विश्वास गरेको छ कि अन्तमा सारा संसार उज्ज्वल, सुखी र स्वर्ग बन्नेछ ।

    अनलाइन खबरसितको अन्तर्वार्तामा मेरो उपन्यास “कामरेड जलजला” को पनि चर्चा गरिएको थियो । त्यस सिलसिलामा मैले यो पनि भनेको थिएँ : “मेरो उपन्यासले मुख्य जोड सारा विश्वलाई आमामय बनाउने कुरामा जोड दिन्छ र मेरो उपन्यासको केन्द्रीय वा प्रधान विषयवस्तु त्यही नै हो ।”

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.