रवि पौडेल ##
Advertisement
१)
मिठो सम्झना आयो
आफ्नै कारणले गर्दा
जीवनमा दुःख पायो
२)
थाहा छैन मलाई
कतिखेर के हुन्छ
के पिर तँलाई
३)
आगोले डडेको वन
समाल्न गाह्रो हुन्छ
आफै बिग्रिएको मन
४)
कसरी बिग्रियो देश
छ व्यवस्था भ्रष्टाचारी
रह्यो अब शेष
५)
बस पिएर आँसु
पछुतो मान्दै अब
मितेरी कसरी गासुँ