दीप गोले तामाङ ##
Advertisement
नेपाललाई टुर्क्याउन पाइदैन
सङ्घीयता हामीलाई चाहिदैन
तिम्रो त्यो एमसिसी फिर्ता लैजाऊ अब
छोड अब साम्राज्यवाद हाम्रो भूमि छोड
हुनुसम्म भइसक्यो ऋणको भारी देशलाई
देशको चिन्ता छ र खोइ यहाँ कसलाई
गाउँदेखि सहरसम्म जनता जुट्दैछन्
देशभक्ति राष्ट्रप्रेमी नेपाली उठ्दैछ्न् ।
नेपाललाई…
देश रहे हामी रहन्छौँ सबले कुरा बुझौँ
भ्रष्टाचारी दलालहरू फाल्न अब जुटौँ
जन्मेपछि एक दिन हामी सबै मर्नुछ
हामी सबै मिलेर देशको विकास गर्नुछ
नेपाललाई…
नसानसामा नेपालीको तातो रगत छ
सङ्घीयता फाल्ने हामीसँग तागत छ
राष्ट्रघाती देशद्रोहीहरू अब लुक्दैछ
गाउँसहर जताततै बिगुल फुक्दैछ
नेपाललाई…
(२०८१ फागुन ९ गते)