काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
Advertisement
शुक्रबार (फागुन ९ गते) सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदीमा हामफालेका थिए ।
तत्काल सशस्त्र प्रहरीको नं १७ गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी) ले सकुशल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।