खलङ्गा । प्युठानको मल्लरानीमा अखिल नेपाल युवक सङ्घको भेला सम्पन्न भएको छ
२०८१ फागुन ७ गते बुधबार केन्द्रीय कोषाध्यक्ष कमल पौडेल केन्द्रीय सदस्य सीता पुन र निवर्तमान केन्द्रीय उपाध्यक्ष हुमलाल नेपालीको प्रशिक्षणात्मक मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले वामदेव पौडेल अध्यक्ष रहनुभएको १३ सदस्य गाउँ समिति समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष्माा चिनिमान श्रेष्ठ, सचिवमा रविन्द्र पुन, कोषाध्यक्षमा अम्बिका सुनार तथा सदस्यमा ज्ञानबहादुर राहुँ, सञ्जय घर्ताीमगर, पर्वत राना, रामबहादुर पुन, अनु परियार, हरि विक, नवीन विक र निर्मला घर्ती सदस्य रहनुभएको छ ।

त्यस्तै भेलाले जितेन्द्र मल्ल, मोहन जिसी र चन्द्र नेपालीलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलाको सञ्चालन रविन्द्र पुनले र अध्यक्षता वामदेव पौडेलले गर्नुभएको थियो ।
भेला लगत्तै बसेको बैठकले मल्लरानी गाउँपालिकाका सबै वडामा भेला तथा बैठकको मिति समेत तय गरेको पालिका समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
भेलाले फागुन २४ गतेभित्र सबै वडामा भेला गर्ने निर्णय गरेको पनि जनाइएको छ ।