• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सङ्घीयता विरुद्ध ललितपुरमा राष्ट्रिय जनमोर्चाको सभा


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा ललितपुरले सङ्घीयताको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ ।

    Advertisement

    २०८१ फागुन ७ गते बुधबार ललितपुरको लगनखेलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    सभालाई सम्बोधन गर्दै अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले गर्दै सङ्घीयताले देशको भलो गर्न नसक्ने बताउनुभयो ।

    ‘नेपालमा गरिबी हटाउनुपर्ने थियो, त्यसका लागि रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो– ॅतर सङ्घीयताले देशलाई झन् बढी आर्थिक भार बोकाउने गरेको छ ।’

    उहाँले सङ्घीयता देशमा कायम रहिरहे झन् बढी कङ्गाल हुने दाबी गर्नुभयो ।

    सङ्घीयताले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पुऱ्याइरहेको धारणा उहाँको थियो ।

    ‘देशका विदेशी हस्तक्षेप बढ्दै गइरहेको छ । यसले गर्दा देशको राष्ट्रियतामाथि आँच पुगिरहेको छ’ उहाँले भन्नुभयो ।

    त्यस्तै, सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का महासचिव पुरन पोखरेलले सङ्घीयता विदेशी इच्छाअनुसार भित्रिएको बताउनुभयो ।

    ‘नेपाली जनताले कहिल्यै पनि सङ्घीयता चाहियो भनेको होइनन्’ उहाँले भन्नुभयो– ‘विदेशीले षड्यन्त्रमूलक तरिकाले नेपालमा सङ्घीयता लादेका हुन् ।’

    उहाँले नेपाली जनताको इच्छा र चाहना नरहेको सङ्घीयतालाई जति सकिन्छ छिटो खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राजमोले सङ्घीयता खारेजीका लागि चैत २४–३० गते सम्म चलाएको आन्दोलन महत्त्वपूर्ण रहेको बताउँदै उहाँले अखिल (छैठौं) ले सो आन्दोलनलाई सफल पार्न सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

    राजमो केन्द्रीय सल्लाहकार नीलगोविन्द महर्जनले सभामा मन्तव्य राख्दै देशमा राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा सुधार नभएको बताउनुभयो ।

    ‘गणतन्त्र त आयो तर नेतालाई आयो, हामीलाई केही आएन’ उहाँले अगाडि भन्नुभयो– ‘नेपाली जनता त दिनदिनै विदेश जान्छन् । त्यसमध्ये प्रत्येक दिन केहीको लास आउँछ ।’

    उहाँले सङ्घीय व्यवस्थाले देशमा झन् बढी बेरोजगारी बढाइरहेको बताउनुभयो ।

    महर्जनले भन्नुभयो– ‘सङ्घीयतालाई जति सकिन्छ, छिटो खारेज गर्नुपर्दछ । त्यसैले चैत २४–३० गते राजमोले आयोजना गरेको काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल बनाउनुपर्दछ ।’

    सभाको अध्यक्षता राजमो ललितपुरका कोषाध्यक्ष लालमणि बन्जाडेले र सञ्चालन राजमो बागमती प्रदेश समितिका सदस्य ईश्वरी शर्माले गर्नुभएको थियो ।

       

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.