• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रकृति लम्साल मृत्यु प्रकरण : किट विश्वविद्यालयका ६ जना पक्राउ

"नेपाली विद्यार्थी होस्टल फर्कन थाले "

  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । भारतको उडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा ६ जना पक्राउ परेका छन् ।

    Advertisement

    प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत भेटिएको घटना अनुसन्धानका लागि त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका सोही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रकृति लम्साल मृत भेटिएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै बलजफ्ती छात्रावासबाट निकालेको थियो।

    केआईआईटीमा अध्ययनरत रूपन्देहीकी प्रकृतिको शव गत आइतबार साँझ छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको थियो।

    उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दै त्यहाँस्थित नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। तर केआईआईटी प्रशासनले प्रतिक्रियास्वरूप सोमबार सबै नेपाली विद्यार्थीहरूलाई बलपूर्वक निकालेर घर फर्काउन थालेपछि नेपाली विद्यार्थीहरूले अन्योलमा परेका छन् ।

    तर सोमबार अबेर केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने जनाउँदै उनीहरूलाई फर्कन आग्रह गरेको थियो। उक्त संस्थाका अधिकारीहरूले सोमबार साँझ भुवनेश्वरस्थित रेल्वे तथा बस स्टेसनहरू र होटलहरूमा पुगेर माफी माग्दै विद्यार्थीहरूलाई फिर्ता गरेको त्यहाँस्थित नेपाली विद्यार्थीहरूले बताए।

    मंगलबार अपराह्ण परारष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत् उक्त घटनापछि उत्पन्न परिस्थितिबारे आफू र भारतस्थित नेपाली दूतावासका अधिकारीहरू निरन्तर सम्पर्कमा रही आवश्यक काम गरिरहेको जनाएकी थिइन् । दिल्लीस्थित नेपाली राजदूत शङ्कर शर्माले केआईआईटीका संस्थापक प्राध्यापक अच्युत सामन्तसँग टेलिफोनमा कुराकानी गरेको दूतावासले जनाएको छ।

    उनले दिल्लीस्थित नेपाली दूतावासमा केआईआईटीका प्रतिनिधिहरूसँग भेटेर पछिल्लो परिस्थितिबारे छलफल पनि गरेका छन्।

    अहिलेको अवस्था के छ ?
    केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार सोमवार कलेज प्रशासनले सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिएपछि स्थानीय सुरक्षाकर्मीसहित कर्मचारीहरू नेपाली विद्यार्थीहरूलाई खोज्न विभिन्न क्षेत्रमा गएका थिए।

    त्यसपछि भुवनेश्वरमा रहेका धेरै विद्यार्थीहरू छात्रावासमा फर्किएको तर कतिपय नेपालतर्फ हिँडिसकेका बताइएको छ।

    केआईआईटीमा अध्ययनरत एक नेपाली छात्रले भने, ‘हामी धेरै फर्किएका छौँ। तर अझै केही विद्यार्थीे होटलहरूमा बसिरहेका छन्। हामीलाई यहाँका भारतीय विद्यार्थीहरूबाट कुनै चिन्ता छैन तर कलेज प्रशासनले अलि दमन गर्न खोज्दा डर लाग्ने परिस्थिति बनेको हो’ ती विद्यार्थीलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘नेपाल नफर्किएका साथीहरू क्रमशः कलेज आइरहेका छन् तर आज कक्षा हुने भनिए पनि धेरै विद्यार्थी कक्षाकोठामा गएका छैनन्।’

    यसैबीच मंगबार दिउँसो विश्वविद्यालयका उपकुलपति शरणजीत सिंहले एउटा विज्ञप्तिमार्फत् माफी मागेका छन्। उनले आइतबारको घटनापछि प्रदर्शन गर्ने विद्यार्थीप्रति ‘आफूहरूमध्ये केहीले गरेको व्यवहारप्रति’ खेद प्रकट गरेका हुन्।

    सामाजिक सञ्जाल एक्समा क्षमायाचनाको पत्रमा राख्दा उनले भारतको विदेश मन्त्रालय, नेपालका प्रधानन्त्री, भारतका विदेशमन्त्री एस जयशङ्कर, भारतको प्रधानमन्त्रीको कार्यालय, नेपालको परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावासलाई पनि ट्याग गरेका छन्।

    ‘हाम्रा दुई अधिकारीहरूले गरेका टिप्पणीहरू अत्यन्त गैरजिम्मेवारपूर्ण छन्,’ उनले भने। ती कर्मचारीले गरेका आवेशमा आएर गरेका टिप्पणीहरू ‘व्यक्तिगत’ भएका र तिनलाई संस्थाले समर्थन नगर्ने उपकुलपतिले स्पष्ट पारेका छन्। उनले नेपाली विद्यार्थीहरूलाई कलेज फर्किएर आफ्नो कक्षा लिनका लागि पुनः आग्रह गरेका छन्।

    उक्त संस्थाका दुई महिला कर्मचारीले नेपाली विद्यार्थीहरूप्रति गरेको अपमानजनक टिप्पणी सुनिने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसलाई कैयौँ भारतीयहरूले नै ‘अस्वीकार्य’ भनी सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन्।

    ती दुवैले क्षमायाचना क्षमायाचना गरेको भिडिओ मङ्गलवार सार्वजनिक भएको छ।

    नेपाली दूतावासका प्रतिनिधि ओडिसा प्रस्थान
    थापाले दिएको जानकारीअनुसार नेपाली दूतावासले आफ्ना दुई कर्मचारीलाई भुवनेश्वर पठाएको छ।

    नेपाली दूतावासले ओडिसाको राज्य सरकारका अधिकारीहरूसँग पनि समन्वय गरेर स्थिति सामान्य बनाउने कोसिस गरिरहेको छ।

    त्यस्तै केआईआईटी प्रशासनका मानिसहरूसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेर नेपाली विद्यार्थीलाई सहजीकरण गरिरहेको परराष्ट्रको भनाइ छ।

    मंगलबार मृतक छात्राको शवपरीक्षण भइरहेको भारतीय अधिकारीहरूले जानकारी गराएका छन्। मृतकका बुवा पनि भुवनेश्वर पुगेको बुझिएको छ।

    पोस्टमोर्टमपछि उनको शव नेपाल पठाउने वा उतै दाहसंस्कार गर्ने भन्नेबारे परिवारको इच्छामा निर्णय हुने बताइएको छ।

    ती छात्राका पिताले प्रहरीले आफ्नी छोरीलाई मृत्युअघि एक भारतीय युवाले यातना दिएको पाइएको आफूलाई जानकारी दिएको बताए। ‘हाम्रो एउटै माग छ, न्याय पाउनुपर्‍यो,’ उनले भने।

    केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि उत्पन्न घटनाको विरोधमा नेपालमा विभिन्न दलनिकट विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन्।

    सन्दिग्ध भारतीय युवक र हातपात गर्ने दुई सुरक्षागार्ड पक्राउ, विश्वविद्यालयका कर्मचारी निलम्बित

    भुवनेश्वर कटकका प्रहरी अधिकारी सुरेश देव दत्ता सिंहले पनि एएनआईसँगको कुराकानीमा एक भारतीय छात्रले ती नेपाली छात्रालाई दुस्ख दिने गरेको खुलासा भएको बताएका छन्।

    उनका अनुसार प्रारम्भिक जाँचमा त्यस्तो देखिएपछि ती सन्दिग्ध युवकलाई हिरासतमा लिएर कारबाही अघि बढाइएको छ।

    उनले शान्ति सुरक्षाका लागि उक्त शैक्षिक संस्थामा प्रहरी तैनाथ गरिएको पनि जनाएका छन्।

    मङ्गलवार नै अर्को विज्ञप्ति जारी गर्दै केआईआईटीले उक्त घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै दुई सुरक्षागार्डलाई पदमुक्त गरिएको जनाएको छ । उनीहरूमाथि नेपाली विद्यार्थीहरूलाई हातपात गरेको आरोप लागेको थियो।

    भुवनेश्वर प्रहरीले विज्ञप्तिमार्फत् मङ्गलवार ती दुई सुरक्षाकर्मीको नाम सार्वजनिक गर्दै उनीहरूविरुद्ध आपराधिक मामिला दर्ता गरी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

    त्यस्तै नेपाली विद्यार्थीलाई आवश्यक सहयोग नगरेको आरोप लागेका अधिकारीहरूलाई पनि निलम्बन गरिएको उसले जनाएको छ।

    त्यसरी निलम्बन गरिएका अधिकारीहरूमा छात्रावाससम्बन्धी दुई वरिष्ठ अधिकारीहरू छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने विश्वविद्यालयको कार्यालयका एक वरिष्ठ अधिकारी पनि छन्।

    त्यस्तै नेपाली विद्यार्थीलाई फर्काउन तथा सहयोग गर्नका लागि चौबीसघण्टे ‘अपरेसन रूम’ पनि सञ्चालनमा ल्याइएको उक्त विज्ञप्तिमा जनाइएको छ।

    केआईआईटीले विद्यार्थीसँग भएको विवादका क्रममा आफ्ना केही कर्मचारीको अभिव्यक्ति क्षणिक आवेगमा व्यक्त भएको भन्दै त्यसप्रति माफी पनि मागेको छ।

    उक्त घटनाबारे सोमवार नेपालस्थित भारतीय दूतावासले पनि एउटा विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको थियो।

    उसले घटनाको छानबिन भएको भन्दै भारत सरकारले नेपाली विद्यार्थीको सुरक्षाका सुनिश्चित गर्न आवश्यक पर्ने कदम चालिरहेको प्रतिबद्धता व्यक्त गरेको थियो।

    त्यसअघि दिल्लीस्थित नेपाली दूतावासले पनि विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीको सुरक्षाको कलेज प्रशासनले प्रत्याभूति गरेको जनाएको थियो।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त घटनाप्रति दुःख व्यक्त गर्दै कूटनीतिक माध्यमबाट पहल गरिएको जानकारी दिएका थिए।

    सोमवार नै भारतको सत्ताधारी दल भारतीय जनता पार्टीनिकट अखिल भारतीय विद्यार्थी परिषद्‌ले नेपाली विद्यार्थीको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्नुका साथै नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेको थियो।

    संसद्‌मा सरकारको आलोचना
    मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसदहरूले भारतको उडिसामा भएको घटनामा सरकारले तत्काल र उपयुक्त कूटनीतिक पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

    उनीहरूले त्यहाँ नेपाली छात्राको मृत्यु भएपछि विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनका अधिकारीहरूले गरेको व्यवहार नेपालीप्रतिकै अपमान भएको बताएका छन्।

    • कलिङ्गा विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न राजमोको माग
    • मूल प्रवाहले भन्यो : नेपाली विद्यार्थीलाई ‘किट’ छात्रावासमै सम्मानका साथ फर्कने वातावरण बनाऊ

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.