• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहले भन्यो : नेपाली विद्यार्थीलाई ‘किट’ छात्रावासमै सम्मानका साथ फर्कने वातावरण बनाऊ


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • नयाँ दिल्ली (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको उडिसा राज्यस्थित कलिंगा इन्सट्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलबाट लखेटिएका नेपाली विद्यार्थीलाई सम्मानका साथ फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

    Advertisement

    विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनलाई कडा कारबाही गर्न माग गर्दै मूल प्रवाहले नेपाली विद्यार्थीको सुरक्षामा विशेष जोड दिएको छ ।

    अध्यक्ष ठाकुर खनालले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी प्रकृति लम्सालको आत्माहत्या वा हत्या हो, सो को निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

    भारतमा नेपाली मजदुर वा विद्यार्थीमाथिसमेत बारम्बार दुर्व्यवहार हुने गरेको भन्दै विज्ञप्तिमा भारत वा विश्वभरी नै नेपालीहरू अपमानित हुनुपर्नाको कारण सरकारको दब्बु प्रवृत्ति भएको जनाइएको छ ।

    यस्तो छ विज्ञप्ति
    भारतको उडिसा राज्यस्थित कलिंगा इन्सट्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्सालको गत आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएसँगै उत्पन्न घट्नाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सर्वप्रथम मृतक प्रकृति लम्सालको निधनप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

    प्रकृति लम्सालको आत्माहत्या वा हत्या त्यसको निष्पक्ष छानबिनका लागि नेपाली विद्यार्थीहरुले सो शैक्षिक संस्थानलाई दबाव दिँदै आन्दोलन गर्दै आएका छन् । सो घटनालाई लिएर विद्यार्थीहरुले गर्दैआएको निश्पक्ष छानविनको आन्दोलनप्रति पनि ऐक्यवद्धता प्रकट गर्नुका साथै आन्दोलनमा सरिक विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । त्यसका साथै उडीशा राज्य सरकार र त्यसका सम्बन्धित निकायसमक्ष प्रकृति लम्सालको आत्माहत्या वा हत्या हो, निश्पक्ष छानविनको माग गर्दछौं ।

    अध्ययनरत नेपाली विद्यार्थीहरुलाई संस्थान प्रशासनले छात्रावासबाट निकालिएको र अभद्र व्यवहार गर्ने गरेको सुचना पनि विभिन्न सामाजिक सञ्जालहरुबाट प्राप्त भइरहेका छन् । यसरी अमानवीय व्यवहार गर्ने व्यक्तिहरु र संस्थान प्रशासनलाई कडा कानुनी कारबाहीको लागि पनि हाम्रो संगठन जोड दिन्छ । साथै सो शैक्षिक संस्थानमा रहेका नेपाली विद्यार्थीहरुको ससम्मान रुपमा शैक्षिक संस्थानको छात्रावासमा नै सुरक्षा सुनिश्चित गर्दै नेपाली विद्यार्थीहरुको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धि पक्षहरु समक्ष अनुरोध गर्दछौं ।

    देशको शिक्षा प्रणाली व्यवहारिक र रोजगार मुलक नहुनुका कारण नै लाखौं नेपाली विद्यार्थीहरु शिक्षार्जनका लागि भारत लगायत विश्वका विभिन्न देशहरुमा जानुपर्ने वाध्यता छ । यो सिंगो नेपाली समाजको समस्या हो । अहिले पनि लाखौं विद्यार्थीहरु कोरिया, युरोप, चीन, बंगलादेश, इजरायल, जापान, क्यानडा, रसिया, अमेरिका, अष्ट्रेलिया लगायतका विभिन्न देशहरुमा अध्ययनरत छन् । विदेशमा नेपाली विद्यार्थीहरुले अनेकौं अभद्र व्यवहार, अपमान, दुस्ख, कष्ट र घटनाहरुको शिकार हुनु परिरहेको छ । त्यसको एक मात्र उदाहरण हो प्रकृती लमसालको निधन । यस्तै प्रकारका कैयौं समस्याहरुसँग जुध्नुपर्ने वाध्यता नेपाली विद्यार्थीहरुको लागि नियती नै बनेको छ । तर सरकार र त्यसका सरोकारवाल पक्षहरु ट्वीटरमा एउटा स्टाटस ट्वीट गरेर आफ्नो जिम्मेवारी पुरा भएको आत्मासन्तुष्टि लिँदैछन् ।

    त्यस्तै शिक्षा आर्जनको बहानामा रोजगारीका लागि अमेरिका लगायत विभिन्न देशहरुमा नेपाली विद्यार्थीहरु छरिएका छन् । हालै मात्र अमेरिकामा रहेका करिब १३ सय नेपालीहरु अवैधानिक इमिग्रेशनको कारण स्वदेश डिपोट हुने बताइएको छ । उनीहरुलाई नेपाल सरकारले नै सम्मानपूर्वक स्वदेश ल्याउनु पर्दछ । साथै स्वदेशमा नै उच्चस्तरिय, व्यवहारिक, रोजगारमुलक र राष्ट्रप्रति उत्तरदायी शिक्षा नीति लागू गर्न सरकार समक्ष माग गर्दछौं ।
    धन्यवाद ।
    ठाकुर खनाल
    अध्यक्ष

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.