• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कलिङ्गा विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न राजमोको माग


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको भूवनेश्वरस्थित कलिङ्गा विश्वविद्यालय प्रशासनमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ फागुन ६ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो माग गरेको हो ।

    मृतक प्रकृति लम्सालले आफूमाथि भारतीय विद्यार्थीले गरेको दुर्व्यवार विरुद्ध उजुरी गरेकामा ध्यान नदिएको तथा उनको मृत्युपछि त्यसबारे कुरा उठाउँदा नेपाली विद्यार्थीलाई निष्काशन गर्ने तरिका गलत भएको भन्दै राजमोले कारबाही गर्न वक्तव्यमार्फत माग गरेको छ ।

    लम्सालको आत्महत्या भनिए त्यो हत्या हुन सक्ने आशङ्का गर्दै राजमोले त्यहाँ नेपाली विद्यार्थीमा जुन असुरक्षाको वातावरण कायम भएको छ, त्यसलाई तत्कालै अन्त्य गर्न राजमोले नेपालको परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूताबाससित माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “भारतको उडिसा भूवनेश्वरस्थित विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको मृत्यु प्रकरणप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । राष्ट्रिय जनमोर्चाले मृतक प्रकृति लम्सालप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

    त्यहाँको विश्वविद्यालय प्रशासनले उनको मृत्यु आत्महत्याबाट भएको बताएको छ तर उनको हत्या भएको पनि आशङ्का गरिएको छ । थाहा भएअनुसार त्यही विश्वविद्यालयमा पढ्ने एक जना विद्यार्थीले उनीसित दुर्व्यवहार गर्ने वा उनलाई प्रताडित गर्ने पनि गरिरहेको थियो । त्यस प्रकारको दुर्व्यवहारका विरुद्ध ती छात्राले विश्वविद्यालय प्रशासनमा उजुरी पनि गरेकी थिइनन् तर त्यो उजुरीबारे कुनै कारबाही गरिएको थिएन । त्यस प्रकारको दुर्व्यवहार वा उनको उजुरीप्रति कुनै कारबाही नगरिएकाले उनले आत्महत्या गरेकी थिइन् वा उनले उजुरी गरेको हुनाले उनको हत्या गरिएको थियो ? त्यो गम्भीर छानबिनको विषय हो । उक्त दुवैमध्ये जुनसुकै कारणले उनको मृत्यु भएको भए पनि त्यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    प्रकृति लम्सालको मृत्युबारे छानबिन गर्न माग गर्दा त्यहाँको विश्वविद्यालयले उनीहरूमाथि दमन गरेको र उनीहरूलाई छात्राबासबाट समेत निष्काशित गरेको कारबाहीप्रति हाम्रो गम्भीर ध्यान गएको छ । प्रथमतः प्रकृति लम्सालमाथि भएको दुर्व्यवहारबारे उजुरी दिँदा त्यसबारे कुनै कारबाही नगर्ने र उनको मृत्युपछि त्यो घटनाको छानबिनको माग गर्दा नेपाली विद्यार्थीमाथि नै दमन र जोरजबर्जस्ती गर्ने त्यहाँको विश्वविद्यालयको नीतिप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । त्यस प्रकारको व्यवहारको कडा शब्दमा भर्त्सना गर्दछ । हामीले त्यस प्रकारको व्यवहारका लागि कूटनीतिक स्तरमा भारत सरकारसित कुरा उठाउन तथा विश्वविद्यालय प्रशासनमाथि कारबाही गर्नुपर्नेमा जोड दिन्छ ।

    सञ्चारमाध्यमबाट जानकारी भएअनुसार भूवनेश्वरको त्यो घटनाप्रति दिल्लीस्थित नेपाली दूताबासको पनि ध्यान गएको छ र त्यसबारे दूताबासले सक्रियता देखाएको छ । त्यसपछि छात्राबासबाट निष्काशित विद्यार्थीलाई पुनः छात्राबासमा लिने र उनीहरूलाई पठनपाठन गर्न दिने व्यवस्थासमेत भएको कुरा थाहा भएको छ तर प्रकृति लम्सालमाथि गरिएको दुर्व्यवहार, त्यही दुर्व्यवहारका कारणले आत्महत्या वा हत्याका कारणले उनको मृत्यु तथा विश्वविद्यालय प्रशासनको दमनसमेतका कारणले त्यहाँ जुन असुरक्षाको वातावरण भएको छ, त्यसमा सुधार गर्नका लागि विशेष पहलकदमी गर्न हाम्रो पार्टीले नेपाल सरकारको परराष्ट्र मन्त्रालय र दिल्ल्रीस्थित नेपाली दूताबासको पनि विशेष ध्यान आकर्षित गर्न चाहन्छ ।”

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.