काठाडमौं । कोरोना भाइरसका कारण विश्वभर ५३ लाख ८५ हजार ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, विश्वभर ३ लाख ४५ हजार १९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
अहिले सबैभन्दा धेरै संक्रमण संयुक्त राज्य अमेरिकामा फैलिएको छ । अमेरिकामा १६ लाख ४० हजार ७५ जना संक्रमित देखिएकोमा ९७ हजार ५८४ जनाको मृत्यु भएको छ । यस्तै, दोस्रो नम्बरमा बेलायतमा २ लाख ५९ हजार ५५९ जनामा संक्रमण देखिएको छ । बेलायतमा मृतकको संख्या ३६ हजार ७९३ पुगेको छ ।
हाम्रो छिमेकी देश भारतमा १ लाख ३९ हजार २३७ जना संक्रमित देखिएकोमा ४ हजार २४जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो समयमा संक्रमित हुनेको संख्या तिब्र बनेको छ ।
यता, अर्को छिमेकी देश चीनमा पछिल्लो समय संक्रमित देखिएका छैनन् । कोरोना संक्रमण फैलिएको देश चीनमा ८४ हजार ९५ जनामा संक्रमण देखिएको थियो भने ४ हजार ६३८ जनाको मृत्यु भएको थियो ।
