कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले दैजीमा संघीयताविरुद्ध कोणसभा गरेको छ ।
Advertisement
बुधबार दैजी चौराहमा आयोजित कोणसभामा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की र नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडूले सम्बोधन गर्नुभएको थियो ।
राजमो जिल्ला सचिव लालबहादुर कुँवरले सञ्चालन गरेको सो कार्यक्रममा राजमो सुदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरी, पूर्वजिल्ला अध्यक्ष जयबहादुर मल्ललगायत नेताहरूको सहभागिता रहको थियो ।
राजमोले आगामी चैत २४ गतेदेखि हुन गइरहेको संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको तयारीका लागि विभिन्न स्थानमा प्रचार सभाहरू गरिरहेको छ ।