काठमाडौँ । युगदर्शनका कार्यकारी सम्पादक प्रकाश थापामगरको कथा सङ्ग्रह ‘प्रवेश निषेध’ प्रकाशित भएको छ ।
Advertisement
पुस्तकमा प्रवेश निषेध, मैती, फनक्क नाचेको बालक, नरमती, भीमबहादुरको बिस हजारलगायत विभिन्न १५ वटा कथा समेटिएको छ ।
मूल्य तीन सय रुपैयाँ तोकिएको यो पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

पुस्तकको आवरण दीप मङ्ग्राती र पृष्ठ साजसज्जा चन्द्रा श्रीसले गर्नुभएको छ ।
प्रगतिशील पत्रकार संघ, नेपालका महासचिव थापाको यो चौथो कृति हो ।
यसअघि उहाँका देशविहीनहरू (कथासंग्रह), सहकारीसम्बन्धी सर्वहारा समझदारी, नेपाली राज्यसत्ताका चरित्र : एक बहस प्रकाशित भइसकेका छन् ।