• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

जातीय हिंसा गर्नेमाथि कडा कारबाही गरः राजमो


  •   सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको २१ औं शताब्दिमा पनि जातीय छुवाछुतका घटना भइरहेको भन्दै छुवाछुत गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ । अन्तरजातीय विवाह गर्ने जाजरकोटका एक युवासहित दुई जनाको कथित उपल्लो जातका मानिसबाट निर्मम हत्या भएको उल्लेख गर्दै राजमोले हत्यामा संलग्न व्यक्तिहरु विरुद्ध कारबाहीको माग गरेको हो ।

    Advertisement

    राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले जारी गर्नुभएको वक्तव्यमा सो घटनाबाट राष्ट्रिय जनमोर्चा दुःखी भएको उल्लेख गर्नुभएको छ ।

    यस्तै, पौडेलले भारतबाट सरकारको अवरोधका बाबजुद पनि ठुलो संख्यामा नेपालीहरु भित्रिरहेको र उनीहरु विना परीक्षण विभिन्न जिल्लाहरुमा पुगिरहेको उल्लेख गर्दै सिमानाकामा पुगेका नेपालीलाई सहज रुपमा स्वदेश भित्राउन, उचित स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टिनको उचित व्यवस्था मिलाउन पनि माग गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘जाजरकोटका एकजना दलित जातका युवक नवराज विक, रुकुमकी एकजना युवती सुष्मा मल्ललाई विवाह गरेर ल्याउन रुकुम गएको बेलामा त्यहाँका एकजना वडाअध्यक्ष सहित माइतीपक्षका मानिसहरुले केटा पक्षका मानिसहरुमाथि आक्रमण गर्दा दुलाह सहित दुईजनाको मृत्यु भएको तथा ५ जना बेपत्ता भएको समाचार पढेर राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ ।

    आजको एक्काइसौँ शताब्दी तथा नेपालको संविधान र कानुनले समेत अन्तरजातीय विवाहका लागि स्वतन्त्रता दिएको अवस्थामा घटेको त्यसप्रकारको घटनाप्रति गम्भीर दुःख र क्षोभ प्रकट गर्दै हामीले त्यसको कडा शब्दमा भत्र्सना गर्दछौँ । त्यसका साथै त्यस घटनाको निष्पक्ष जाँच गरी त्यसप्रकारको अपराधमा संलग्न व्यक्तिहरु समेत माथि कानुनअनुसार कडा सजायको माग गर्दछौँ ।

    आज एकातिर देशमा कोभिड १९ को संक्रमण बढ्दै गइरहेको छ भने, अर्कोतिर, त्यसको तुलनामा आवश्यक परिक्षण, स्वास्थ्य उपकरण, उपचार र राहत समेतको तयारीमा सरकार धेरै नै पछाडि रहेको देखिन्छ । सरकारले त्यसबारे समुचित ध्यान दिन नसकेमा देशमा गम्भीर प्रकारको महामारीको स्थिति उत्पन्न हुनेछ । त्यसकारण त्यसबारे गम्भीरतापूर्वक ठोस योजना बनाएर काम गर्नका लागि हामीले सरकारसित विशेष माग गर्दछौँ ।

    कोभिड १९ का कारणले जिल्ला वा पालिकाहरुमा अत्यन्त गम्भीर परिस्थितिको सिर्जना भएको छ । सरकारले भारतबाट नेपालीहरु आफ्नो देश आउन प्रतिबन्ध लगाए पनि उनीहरु ठूलो संख्यामा नेपालभित्र पसिरहेका छन् । प्रथमतः सरकारको त्यसरी नेपालीहरुलाई देशमा आउन प्रतिबन्ध लगाउने नीति नै गलत छ ।

    त्यसले गर्दा अवैधानिक प्रकारले लुकिछिपी ठूलो संख्यामा नेपालीहरु देशमा आउने र विभिन्न जिल्ला वा आफ्ना पालिकाहरुमा पुग्ने गरेका छन् । त्यसको परिणामस्वरुप कोभिड १९ को संक्रमण बढेर गएको छ । उनीहरुलाई नियन्त्रित र आवश्यक स्वास्थ्य परिक्षण गरेर भित्राउने नीति अपनाएको भए त्यस प्रकारको संक्रमणलाई काफीहदसम्म नियन्त्रित वा व्यवस्थित गर्न सकिन्थ्यो । हामीले सरकारसित त्यसप्रकारको गलत नीतिबारे पुर्नविचार गर्नका लागि जोड दिन्छौँ ।

    जिल्ला वा पालिकाहरुमा कोभिड १९ को परिक्षण गर्ने उपकरणहरुको एकदम कमी छ र क्वारेन्टाइनमा राख्नको लागि पनि आवश्यक व्यवस्था हुन सकिरहेको छैन । कैयौँ गाउँहरुमा स्थानीय जनताले त्यहाँका स्कुलहरुमा क्वारेन्टाइनको व्यवस्था नगर्नका लागि कडा विरोध गर्दा कैयौँ पालिकाहरुमा क्वारेन्टाइनको व्यवस्था हुन सकेको छैन । त्यसले गर्दा बाहिरबाट आएका मानिसहरु ठूलो संख्यामा विना स्वास्थ्य परिक्षण वा क्वारेन्टाइनमा नबसीकन सिधै आफ्नो गाउँ घरमा जाने पनि गरेका छन् ।

    त्यसको परिणाम स्वरुप संक्रमणले धेरै नै गम्भीर र व्यापक रुप लिने सम्भावनाको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यो वास्तविकताप्रति पनि हामीले केन्द्र, प्रदेश, जिल्ला र पालिकाहरु समेतको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छौँ । अन्यथा स्थिति नियन्त्रण भन्दा बाहिर जाने खतराप्रति पनि हामीले सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ । अन्त्यमा, उक्त विषयहरुमा जनदबाबको सृजना गर्न हामीले जनतासित अपील गर्दछौा ।’

    सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.