दीप गोले तामाङ ##
Advertisement
अब हामी घुसखोरहरू पाल्न सक्दैनौ
के हामीले देशद्रोही फाल्न सक्दैनौँ ?
देश परिवर्तनको नाममा यिनकै हालीमुहाली
के हामी विद्रोहको कदम चाल्न सक्दैनौँ ?
सङ्घीयताले देश आज थिलोथिलो बनायो
रेमिट्यान्सले ऋणको दुलो टाल्न सक्दैनौँ ?
यो नालायक भ्रष्टाचारी दलाल सत्ता अब
के जनता हामी मिलेर ढाल्न सक्दैनौँ ?
यो देश बनाउनुछ ढिला भइसक्यो अब
के हामी अब मसाल बाल्न सक्दैनौँ ?

