• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय पुँजीपति वर्ग धरासायी भएका बेला


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • केरसिंह अदै ##

    Advertisement

    अहिले देशभरिका सहरबजार, गाउँसम्म कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव चलिरहेका छन् । कपिलवस्तुको चन्द्रौटा बजारमा पनि महोत्सव सम्पन्न भएको छ । महोत्सवलाई सफल पार्न व्यापारी–व्यवसायी लागिपरेका थिए । यसै सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको सन्दर्भमा पुँजीपति वर्गको भूमिकाबारे सङ्क्षेपमा चर्चा गरौँ ।

    वर्तमान अवस्थामा देशको अर्थतन्त्र धरासायी हुँदै गएको छ । देशको अर्थतन्त्र लाई चलायमान बनाउन राष्ट्रिय पुँजीपतिको भूमिका महत्त्वपूर्ण हुन्छ । पुँजीवाद निर्माणको समयमा राष्ट्रिय पुँजीपति वर्ग देशको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छन् । राष्ट्रिय पुँजीपति वर्गले आफ्नै लगानी अथवा आफ्नै देशको लगानीमा उद्योग, घरेलु उद्योग, मझौला उद्योग, कृषि फर्म सञ्चालन गरेका हुन्छन् । देशको अर्थतन्त्र धान्न र रोजगारी सिर्जना गरी देशलाई उन्नतितिर लगिरहेका हुन्छन् । यिनीहरूको संरक्षण गर्ने, त्यसका लागि नीतिनियम बनाउदने, उत्पादन, विक्रीवितरण सहज बनाइदिने काम राज्यको हो ।

    विडम्बना भन्नुपर्दछ, बहुदल आइसकेपछि निजीकरणको नीति ल्याइयो । निजीकरणपछि उदारीकरण वा खुल्ला अर्थनीति ल्याइयो । यी नीतिका कारणले गर्दा राष्ट्रिय पुँजीपति वर्गको ठाउँमा दलाल पुँजीपति वर्गले अर्थतन्त्र कब्जा गर्दै गयो । नीतिगत रूपले दलाल पुँजीवादलाई भित्राउने काम सरकारले गर्याे । शिशु अवस्थामा रहेका राष्ट्रिय उद्योग, साना उद्योगलाई दलाल पुँजीपति वर्गको उत्पादनले निल्दै गयो ।

    दलाल पुँजीवादको चरित्रबारे राष्ट्रिय पुँजीपति वर्गले चाँडै बुझ्दैनन् । व्यापारी वर्ग र जनताले पनि यसलाई ढिलो बुझ्छन् । दलाल पुँजीवाद भनेको विदेशी पुँजी नेपालमा लगाएर उद्योग खोल्ने, उत्पादन गर्ने, वितरण गर्ने र आम्दानी बाहिर लैजाने हो पुँजीपति हो । राष्ट्रिय पुँजीपति वर्ग भनेको नेपालकै लगानीमा सञ्चालित उद्योग हुन् । उनीहरूले उत्पादन, वितरण गर्दछन र फाइदा पनि नेपालमै लगानी गर्दछन् ।

    आज दुई तरिकाको समस्याले गर्दा राष्ट्रिय पुँजीपति वर्ग, साना घरेलु उद्योग, मझौला उद्योग, कृषि फर्म सङ्कटमा छन् ‘एक– खुल्ला अर्थनीति र दुई– सङ्घीयताको मार ।

    खुल्ला अर्थनीतिबारे सङ्क्षिप्तमा माथि बताइसकियो ।

    सङ्घीयताले गर्दा पनि उद्योगीव्यवसायीलाई मारमा पारेको छ । सङ्घीयता धान्न करवृद्धि, ऋण लिने जटिल प्रक्रिया, बैङ्कको चर्को ब्याजदर, दर्ताप्रक्रिया झञ्झटिलो, उत्पादित वस्तुको बजारीकरणमा ग्यारेन्टी नहुने, दलाल पुँजीपतिले उत्पादन गरेको समानसँग प्रतिस्पर्धा गर्न नसक्ने आदि कारणले राष्ट्रिय उद्योग सङ्कटमा पर्दै गएका छन् । त्यसले गर्दा विदेशी लगानी भएका कम्पनी फस्टाउँदै गएका छन् ।

    कृषि, पशुपालनमा आत्मनिर्भर हुँदै गइरहेको नेपालमा सरकारको खुला अर्थनीतिमा विदेशीलाई दिइने छुटको कारण कृषि अर्थतन्त्र धरापमा पर्दै गएको छ । भारतको तरकारीले नेपाली बजार कब्जा गर्दै गइरहेको छ । आजको दिनमा चितवन फुलगोभी पाँच रुपैयाँ किलो भएर खेतमै कुहिरहेको छ । कहिले दुध सडकमा फाल्ने, कहिले टमाटर रोडमा फाल्ने । यो के कारणले हो ? उत्पादन धेरै भएर हो ? होइन, यसको कारण हो– दलाल पुँजीवादले नेपाली कृषि अर्थतन्त्र, बजार कब्जा गर्ने नीतिका कारण हो ।

    सरकारको चारखम्बे नीतिअन्तर्गत सहकारी संस्था पनि पर्दछन् । सामूहिक लगानी, सामूहिक उत्पादन, सामूहिक वितरण यसको मुख्य उद्देश्य हुन्छ । यसलाई समाजवादको जग पनि मानिन्छ तर यसलाई ध्वस्त पार्न, बद्नाम गर्न केही शक्ति लागिपरेका छन् । सहकारी ध्वस्त पार्ने उद्देश्यमा एनजिओ, आइएनजिओ पनि छ तर सरकारको नीति फितलो हुँदा आज सहकारी पनि फस्टाउन सकिरहेका छैनन् ।

    सही ठाउँमा लगानी छैन । गोरखा मिडियामा पाँचओटा ठुला सहकारीको पैसा गएको हाम्राअगाडि छर्लङ्ग छ । यसकारण सरकार पनि दलालको हातमा छ । जुन किसिमले सहकारीलाई उत्पादनमा अगाडि बढाउनुपर्ने हो, त्यो राज्यको कमजोरीका कारणले हुन सकिरहेको छैन । यस सम्पूर्ण उद्योगपति, व्यवसायी, व्यापारी, किसान, मजदुरहरू सङ्गठित भएर खुल्ला अर्थतन्त्रको नीति, दलाल पुँजीवादको विरुद्धमा आवाज उठाउनुपर्ने आजको आवश्यकता हो । यस्तो अवस्थामा गाउँगाउँसम्म कृषि, पर्यटन, उद्योग, व्यापार, मेलाको आयोजन गरिए पनि मनोरञ्जन मेला मात्र हुन्छ ।

     

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.