वालिङ (स्याङजा) । स्याङजामा सङ्घीयताको विरोधमा हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालको उपस्थितिमा २०८१ माघ २१ गते सोमबार वालिङबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
हस्ताक्षर अभियानसँगै सम्पन्न कोणसभामा बरालका साथै राजमो स्याङजाका अध्यक्ष राजेन्द्र गैरे र राजमो स्याङजाका नेताहरू प्रकाश परियारले पनि सम्बोधन गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष गैरेका अनुसार स्याङजामा माघ २० गतेदेखि हस्ताक्षर अभियान सुरु भएको छ । सो कार्यक्रम गल्याङ, स्याङजाबजारलगायत जिल्लाका विभिन्न स्थानमा चल्ने छ ।