तौलिहवा । कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं. ६ बडौर निवासी राष्ट्रिय जनमोर्चाका पालिका सदस्य विनोद कहारको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
२०८१ माघ १९ गते शनिबार उहाँकै घरमा राजमो विजयनगर पालिका समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्मृतिशेष कहारको ठुलो दाजु जमुना कहारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजमो कपिलवस्तुको सचिव केरसिंह अदैले शोकमन्तव्य राख्दै स्मृतिशेष कहार पार्टीको इमानदार कार्यकर्ता रहेको र उहाँको निधनले पार्टीलाई क्षति पुगेको बताउनुभयो ।

कार्यक्रममा राजमो कपिलवस्तुका सदस्य त्रिवेणी कुर्मी, राजमो विजयनगर पालिका समितिका उपाध्यक्ष पटेश्वरी यादव, स्मृतिशेष कहारका माइला दाजु सन्दीप कहार, भिनाजु गङ्गाप्रसाद कहारले पनि शोकमन्तव्य राख्नुभएको थियो ।
शोकसभाको सञ्चालन राजमो विजयनगर पालिका समितिका अध्यक्ष गोविन्द परिवारले गर्नुभएको थियो ।
स्मृतिशेष कहारको परिवारमा एक श्रीमती र एक छोरा रहेका छन् । उहाँको निधन गत माघ ७ गते ४६ वर्षको उमेरमा भएको थियो ।