खलङ्गा । प्युठानको मल्लरानी गाउँपालिकामा अखिल नेपाल शिक्षक सङ्घको तेस्रो पालिका अधिवेशन पर्यटकीयस्थल मल्लरानीडाँडामा पिकनिकसहित सम्पन्न भएको छ ।
महासचिव चक्रपाणि पौडेलेको प्रमुख आतिथ्य तथा राजमो लुम्बिनी प्रदेश अध्यष बोमबहादुर खत्री र मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्काको विशिष्ट आतिथ्यमा २०८१ माद्द १२ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, राजमो मल्लरानीका उपाध्यक्ष डोरप्रसाद पोख्रेल, शिक्षक सङ्घ केन्द्रीय सचिव बालाराम पोख्रेल, लुम्बिनी प्रदेश सल्लाहकार डिलाराम पौडेल, सचिव कल्याण खड्का, प्युठान जिल्ला सचिव ध्रुव गिरी र कोषाध्यक्ष महेन्द्र केसीलगायतको आतिथ्य रहेको थियो ।
सो अवसरमा शिक्षक सेवा आयोगबाट विभिन्न तहमा बढुवा भएका, नयाँ सिफारिस भएका, प्रावि तहको लिखित परीक्षामा उत्तीर्ण भएका र सरुवा भई आउनुभएका शिक्षकलाई बधाई ज्ञापन, सम्मान तथा स्वागत गरिएको थियो ।
कार्यक्रम कुलराज पौडेलको अध्यक्षतामा अघि बढेको थियो ।
अध्यक्षमा केसी
अधिवेशनले कृष्णबहादुर केसी अध्यक्ष रहनुभएको शिक्षक सङ्घको पालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा नुमराज पौडेल, महिला उपाध्यक्षमा अस्मिता बिसी, सचिवमा विष्णुप्रसाद पौडेल, सहसचिवमा प्रेमकुमार जिसी, कोषाध्यक्षमा सोबबहादुर घर्ती र सहकोषाध्यक्षमा मिरा श्रेष्ठ रहनुभएको छ ।
समितिको सदस्यमा ठगबहादुर राहु, पदम पौडेल, देविराम केसी, सन्दीप पौडेल, गोमा थापा, गनबहादुर रिजाल, मन्त्रिप्रसाद श्रेष्ठ, एमबहादुर सेन, शेषमणि पौडेल, इन्द्रमणि पौडेल, गीता विक, निराजन पौडेल, ओमबहादुर पुन, तीर्थराज पौडेल, कमला कार्की, विष्णु गिरी, दलबहादुर नेपाली, वासुदेव शर्मा, रामचन्द्र खत्री र कमला बञ्जाडे रहनुभउको छ ।
अधिवेशनले कुलराज पौडेल, मौती पौडेल, गिरीराज पौडेल, उदयकुमार पाण्डे र हुमबहादुर बुढाथोकीलाई सल्लाहकारमा चयन गरेको छ ।

