• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मोहनविक्रम सिंहका १४ लघुकविता


  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    १. मसानघाट

    यो मसानघाट हो
    तर यहाँ मरेका होइन
    ज्युँदा लाशहरू आउँछन्
    मुर्दाहरू रुने गर्छन्,
    मलामीहरू हाँसिरहेका हुन्छन्

    (२०२५ असोज २४ गते; हनुमानढोका, काठमाडौँ)

    २. जीवन के हो ?

    जीवन के हो ?
    कोइलीको कुँहुँकुँहु,
    झरनाको झर्झर वा
    “दालभात–डुकु” 

    (२०२६ जेठ २६ गते; सेन्ट्रल जेल, काठमाडौँ)

    ३. तिम्रो हाँसो

    डुब्न थालेको सूर्यलाई हेरेर किन हाँस्छौँ ?
    एकपल्ट अस्ताएको सूर्य
    अर्को बिहान पूर्वमा उदाइरहन्छ
    तर तिम्रो हाँसो एकपल्ट अस्ताएपछि
    सधैंँका लागि
    पश्चिमको क्षितिजमा डुब्ने छ

    (२०२६ जेठ २९ गते; सेन्ट्रल जेल, काठमाडौँ)

    ४. जीवनरेखा

    बादलको प्रत्येक टुक्राले
    जीवनको रेखालाई मेटिदिन खोज्छ
    हावाको प्रत्येक झोँकाले
    टुटेको तारलाई जोडिदिन्छ

    (२०२६ असार १ गते; सेन्ट्रल जेल, काठमाडौँ)

    ५. क्रान्तिप्रति

    त्यो पहाड कहिलेदेखि तिमीलाई
    पर्खेर बसिरहेको छ
    त्यो नदी कहिलेदेखि तिमीलाई
    भेट्याउन दौडिरहेको छ
    धर्तीतिर फर्केर हेर त
    युगयुगदेखि कति कामनाहरू
    तिम्रै प्रतीक्षामा खण्डहर बनिसकेका छन्

    (२०२६ असार २ गते; सेन्ट्रल जेल, काठमाडौँ)

    ६. सहिदप्रति

    राम्रै भयो,
    तिमी मरेर गयौ
    नत्र आज तिम्रो ज्युँदो लासले
    भूगोल पार्कको परिक्रमा गरिरहेको हुन्थ्यो कि ?

    (सहिद दिवस, २०२६ माघ १६ गते; भद्रगोल जेल, काठमाडौँ)

    ७. प्रजातन्त्र

    तोपको गड्गडाहटले जनायो–
    फागुन ७ गते आयो
    तर प्रजातन्त्र कहाँ छ ?
    बारुदको धुँवामा
    वा फलामको पिञ्जरामा ?

    (“प्रजातन्त्र” दिवस २०२६; भद्रगोल जेल, काठमाडौँं)

    ८. सूर्य

    सूर्य उदाउँछ,
    सूर्य अस्ताउँछ
    उदाउँछ, अस्ताउँछ
    तर प्रत्यक पल्ट पश्चिममा अस्ताउँदा
    यो बताएर जान्छ कि
    भोलि त्यो फेरि पूर्वमा उदाउने छ

    (२०२६ चैत; भद्रगोल जेल, काठमाडौँ)

    ९. टुटेका आशा

    मेरा टुटेका आशाहरू
    बादलका टुक्रामा गएर मिलेका छन्,
    सुकेका आँसुका थोपाहरू
    आगोमा मुस्लोमा

    (२०२७ वैशाख ३ गते, भद्रगोल जेल, काठमाडौँ)

    १०. आत्मसमर्पण

    मलाई आत्मसमर्पण गर्न भन्नेहरूलाई
    मैले कसरी सम्झाऊँ कि
    मैले धेरै पहिले नै
    सम्पूर्ण रूपमा आफूलाई
    क्रान्तिको वेदीमा होमिसकेको छु
    अब पुनः समर्पण गर्नका लागि
    मसित न जीवन बचेको छ, न मृत्यु झ्
    न हाँसो बचेको छ, न आँसु…

    (२०२७ वैशाख ३ गते; भद्रगोल जेल, काठमाडौँं)

    ११. ताण्डवनृत्य

    यहाँ ताण्डवनृत्य भइरहेको छ
    मृत्यु हाँसिरहेको छ
    जीवन रोइरहेको छ

    (२०२७ वैशाख १४ गते; भद्रगोल जेल, काठमाडौँ)

    १२. मेरो “अपराध”

    मेरो “अपराध” यही भयो कि
    मैले अस्ताउन थालेको सूर्यको विम्बमा
    सूर्योदयको प्रतिविम्ब देखेँ

    (२०२७ वैशाख ६ गते; भद्रगोल जेल, काठमाडौँ)

    १३. युगनृत्य

    वर्षाको झर्झरमा मैले
    युगको नृत्य देखेको छु
    ढुकुरको कुर्कुरमा मैले
    तुफानको सङ्गीत सुनेको छु

    (२०२७ वैशाख; भद्रगोल जेल, काठमाडौँ)

    १४. इस्पातको टुक्रा

    जेलका ती पर्खाल र फलामको सिक्रीले
    आज विश्वास नगरे
    भोलि मेरो लासले
    उनीहरूलाई बताइदिने छ :
    मेरो हृदय
    इस्पातको टुक्राको
    बनेको रहेछ वा
    घामछायाको ?

    (२०२७ वैशाख २५ गते; भद्रगोल जेल, काठमाडौँ)

    बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.