• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात अपराधजन्य कार्य : राजमो


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमा भएको हातपातप्रति आपत्ति प्रकट गरेको छ ।

    Advertisement

    स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध बहस गरेर बाहिरिँदै गर्दा माघ १ गते काठमाडौँ जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका थिए ।

    जाहेरवालाका तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीलाई अदालत बाहिर बसेको एक समूहले हातपात गरेको थियो ।

    राजमोले ‘अदालतमा कसैको पक्ष वा विपक्षमा मत प्रकट गर्नु कुनै पनि अधिवक्ताको अधिकारभित्रको कुरा हो’ भन्दै घटनाको भर्त्सना गरेको हो।

    पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलद्वारा मंगलबार (माघ ८ गते) जारी विज्ञप्तिमा रवि लामिछानेमाथि अदालतमा भइरहेको कारबाहीलाई राजनीतिक प्रतिशोध भन्ने आधार नभएको स्पष्ट पारिएको छ ।

    यस्तो छ, प्रेस वक्तव्य
    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी रकमको अपचलन मुद्दामा थुनामा राखी पूर्पक्ष गर्नु पर्दछ भनि बहस गरेकाले त्यो संगठनका कार्यकर्ताहरूले अदालतको परिसरका बाहिर नै लछारपछार गर्दै कुटपिट गरेकोमा राष्ट्रिय जनमोर्चाले विरोध प्रकट गर्दछ र त्यो कारबाहीको भत्र्सना गर्दछ । अदालतमा कसैको पक्ष वा विपक्षमा मत प्रकट गर्नु कुनै पनि कानुन व्यवसायीको अधिकारभित्रको कुरा हो । त्यसकारणले कसैले त्यसरी प्रकट गरेको मत आफ्ना विरुद्ध भएको कारणले त्यसमाथि जबर्जस्ती वा हातपात समेत गर्नु अपराधजन्य कार्य हो ।

    सहकारी रकमको ठगी प्रकरणमा हाम्रो यो पनि स्पष्ट सोचाई छ कि उनीमाथि उक्त विषयमा चलाइएको मुद्दा राजनीतिक प्रतिशोधद्वारा चलाइएको भन्ने आरोप सही छैन । उक्त मुद्दामा उनी दोषी छन् वा छैनन् ? त्यो कुरा अदालतले नै फैसला गरेपछि थाहा हुने कुरा हो । तर उनीमाथि पूर्पक्षको जुन कारबाही भइरहेको छ, त्यसका लागि पर्याप्त आधारहरू छन् । त्यसकारण उनीमाथि भइरहेको कारबाहीलाई राजनीतिक प्रतिशोधद्वारा भएको भन्नु अवश्य पनि सही होइन ।

    त्यस प्रकारका मुद्दाहरूमा अन्य कैयौँ व्यक्तिहरूमाथि पनि कारबाही भइरहेका छन् । ती सबैलाई राजनीतिक प्रतिशोधद्वारा कारबाही गरिएको भन्नु सही हुने छैन ।
    निश्चयनै दलीय आधार वा अन्य कुनै निकट सम्बन्धका कारणले कसैलाई त्यसप्रकारको कारबाहीबाट उन्मुक्ति दिनुलाई पनि हामीले गलत मान्दछौँ । त्यसका साथै कुनै व्यक्तिमाथि त्यसरी कारबाही नभएको आधारमा त्यसरी पूर्वक्षको लागि आधार भएका व्यक्तिहरूमाथि पनि कुनै कारबाही गरिनु हुन्न भन्ने सोचाईलाई पनि हामीले सही मान्दैनौँ ।

    हाम्रो यो स्पष्ट र दृढ मान्यता छ कि कुनै पनि अपराधका दोषीमाथि निष्पक्ष र न्यायोचित प्रकारले कारबाही गरिनु पर्दछ र निर्दोष व्यक्तिलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा प्रतिशोधका कारणले झुटा मुद्दामा फसाउने गरिनु हुँदैन ।

    विश्वकप खोखो प्रतियोगितामा नेपालका महिला र पुरुषतर्फका दुवै टोलीहरू उपविजेताका रुपमा विजय भएकोमा हामीले उनीहरूलाई बधाइ दिन्छाैँ ।

    दुर्गा पौडेल
    प्रवक्ता तथा उपाध्यक्ष

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.