दिपायल । राष्ट्रिय जनमोर्चा डोटीले भारतले अतिक्रमण गरेको नौ सय बिगाह जमिन फिर्ता गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
कञ्चनपुरको शुक्लाफाँटा आरक्षभित्रको सो जमिन अतिक्रमण भएपछि राजमोले २०८१ माघ ८ गते मङ्गलबार सो ज्ञापन बुझाएको हो ।
राजमो डोटीका अध्यक्ष डबल बोगटी नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा राजमो डोटीका उपाध्यक्ष रमेश अवस्थी, कोषाध्यक्ष नरेन्द्र विष्ट, सचिवालय सदस्यहरू उजिरसिंह मगर, नरेश आले र हर्क बोहरा पनि सामेल हुनुहुन्थ्यो ।
जिल्ला अध्यक्ष बोगटीका अनुसार प्रजिअ जोशीले आफूले सो ज्ञापन तत्कालै प्रधानमन्त्रीलाई पठाउने बताएको जानकारी दिनुभयो ।
