विष्णु शर्मा # #
घरको जिम्मा पाएको
देशमा रोजगार भएन
पराइ देशमा आएको
परदेशमा काम गरेर
मनभरि आशा बोकेको
जाउला गोजी भरेर
आएको केही दिनमा
स्रम्झना आउँछ घरको
आत्तिन्छौँ छिनछिनमा
लालाबाला टोला’को
भर्खर जस्तो लाग्छ
बाबा भनी बोला’को
सपना देख्यौँ कस्तो
परदेशको ठाउँमा भएन
मनले सोचेजस्तो
भारतमा आउने नेपाली
बाँच्न पाउने रहेनछौँ
सानले शिर उचाली
शोषण हुन्छ श्रमको
भाषा जान्नु छैन
शिकार हुन्छौँ भ्रमको
यहाँका गल्लीबस्तीमा
परेका छौँ नेपाली
भिन्न भिन्न सास्तीमा
जाँडरक्सी खाएर
बिग्रेका छन् दाजुभाइ
गलत लतमा लाएर
खेलेर जुवातास
धेरै नेपालीले यहाँ
बिर्सेका छन् घरबास
साहुले घर घेरेर
बसेका छन् घरमा
आउने बाटो हेरेर
गलत लतमा नलाग
भन्दा पनि मान्दैनन्
जिम्मेवारीबाट नभाग
नेपाली सबै जागे त
केही सुधार हुनेथ्यो
सङ्गठनमा लागे त
सबैको हुँदै हाइहाइ
सङ्गठनमा आबद्ध भई
सुध्रेका छन् दाजुभाइ
छोडिनुहुन्न केही गरी
हुनुहोस सङ्घमा आबद्ध
थोरै नि ढिला नगरी