• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयताका कारण मुलुक असफल देश बन्ने खतरा उत्पन्न भयो : केसी


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सङ्घीयताका कारण मुलुक असफल देश बन्ने खतरा उत्पन्न भएको धारणा व्यक्त गर्नुभएको हो ।

    Advertisement

    सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप २०८१ माघ ५ गते शनिबार बागलुङको गल्कोट हटियाबजारमा आयोजित सभालाई मन्तव्य व्यक्त गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    प्रमुख अतिथि अध्यक्ष केसीले नेपाली जनताले धान्न नसक्ने सङ्घीयताले मुलुक अस्तव्यस्त नै भएको बताउनुभयो ।

    ‘व्यापारघाटा २५ खर्बभन्दा बढेर गएकाले मुलुक असफल देश बन्ने खतरामा छ’ उहाँको निष्कर्ष थियो ।

    एउटा सरकार चलाउन गाऱ्हो भएका बेला आठरआठओटा सरकार चलाउन नसकिने बताउँदै उहाँले विदेशीले बोकाइदिएको सङ्घीयताको भारी अब मुलुकले धान्न नसक्ने बताउनुभयो ।

    ‘सङ्घीयता खारेजीको विकल्प छैन’ सम्बोधनको क्रममा उहाँले भन्नुभयो ।

    भ्रष्टाचार यसरी बढ्नुमा ठुला राजनैतिक पार्टीका नेताहरू नै हात रहेको बताउँदै उहाँले नेपाली नागरिकलाई भुटानी बनाएर बिक्री गर्ने, सहकारी ठगी, सुनकाण्ड, सरकारी जग्गा आफ्नो नाममा पास गर्नेजस्ता घृणित कार्य सरकार सञ्चालकबाट भएकोले राजनीति बद्नाम भएको बताउनुभयो ।

    राज्यले आशा जगाउन नसक्नु, शिक्षा, स्वास्थ्यजस्तो नागरिकको प्रत्यक्ष सरोकारका विषय निजीकरण गर्नु, कलकारखाना कौडीको भाउमा निजीकरण गरी रोजगारीबाट वञ्चित गर्नुले झन् गम्भीर अवस्था सृजना भएको बताउँदै उहाँले सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आह्वान गरेको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्न आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चा बागलुङले “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन सफल पारौँ” नारासहित अघि बढेको सभामा राजामो केन्द्र्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला सङ्घकी केन्द्र्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा र अखिल नेपाल बुद्धिजीवी सङ्घका काजीगाउँले श्रेष्ठलगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्र्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, राजमो केन्द्र्रीय सदस्य गौरिश्वर पाण्डे, राजमो बागलुङका जिल्ला सदस्य, जनवर्गीय सङ्गठनका केन्द्र्र तथा जिल्लास्तरीय नेता तथा पालिकास्तरीय अतिथिको आतिथ्य रहेको थियो ।

    राजमो गलकोटका नगर अध्यक्ष तथा जिल्ला सल्लाहकार टङ्क केसीको अध्यक्षता, जिल्ला सचिव भीमलाल पोखरेलको सञ्चालन र जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठको स्वागत मन्तव्यसँगै उक्त सभा अघि बढेको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारको प्रस्तुति रहेको थियो ।

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.