• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

भारतीय शासकको वर्ग चरित्रः जता दृष्टि त्यतै विवाद


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • कृष्ण अधिकारी

    Advertisement

    देशको भूगोल घरघडेरीजस्तो होइन रहेछ । पिराहा छिमेकी प-यो भनेर सस्तो भाउमा बेचेर हिड्ने, जस्तालाई त्यस्तै व्यवहार नचाहेर पनि गर्नैपर्ने हुन्छ । नभए हेपेर घरभित्रै चिथोर्न आइपुग्दछ ।

    करिब ३०० वर्षको दासत्वमा हुर्केको भारतीय शासक वर्गको वर्गचरित्र भारत बृटिस उपनिवेशबाट स्वतन्त्र भएको ७५ वर्ष बितिसक्दा पनि त्यही उपनिवेशवादी छ । त्यही भएर भारतले आफ्ना वरिपरिका छिमेकी मुलुकप्रति अझैसम्म पनि कहिल्यै उनीहरूलाई स्वतन्त्र मुलुकको रूपमा व्यवहार नै गर्न सकेको छैन र चाहेको छैन । अहिलेसम्मका शासकवर्ग मात्र होइन, त्यहाँको ब्युरोक्र्याट्स र प्रायः मिडियाको मानसिकता पनि एकै खालको छ ।

    भारतले आफ्ना छिमेकी कसैलाई सताउन बाँकी राखेन । सिक्किम निल्यो, पाकिस्तान टुक्राइदियो, श्रीलङ्का झण्ङै टुक्राएको थियो । भुटान, बङ्गलादेश र माल्दिव्सलाई आफ्नै उपनिवेश ठानेको छ । नेपालप्रति भारतले गर्दै आएको व्यवहारको हामी भुक्तभोगी नै छौँ ।

    नेपाल र थाइल्यान्डबाहेक दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका प्रायः मुलुकहरू सँगसँगै उपनिवेशमुक्त भएका हुन् । एसियाका दुई छिमेकी क्षेत्रको तुलना गर्ने हो भने दक्षिणपूर्वी एसियाई मुलुकको एकता र विकास हेर्दा असली छिमेकीपनको युरोपेली स्तर यहाँको पनि देख्न सकिन्छ । यो क्षेत्रमा पर्ने थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, बर्मा, लाओस, सिङ्गापुर, भियतनाम, कम्बोडिया, बु्रनाईको आपसी मित्रता र विकासमा एकअर्कोका सहयोगी छन् । त्यही भएर त्यो क्षेत्रको विकास धेरै अगाडि बढेको छ । यता, दक्षिण एसियामा ठुलो भूगोल ओगटेर पनि छिमेकीप्रति भारतको छाती भने ढुकुरको जति पनि हुन सकेन ।

    २०१४ मेमा प्रथम पटक मोदी भारतको प्रधानमन्त्री नियुक्त भएर सपथ ग्रहण समारोह आयोजना गर्दा सार्क क्षेत्रका सबै राष्ट्राध्यक्षलाई निम्त्याएर जुन छिमेकी भाइचारापनको सुरुवात भएकोजस्तो देखाएका थिए, त्यसबाट धेरैले अब सार्क क्षेत्रमा केही हुने सोचेका थिए । पछि प्रष्ट भयो, मोदीको सत्ता उदयपछि सामान्य गतिशील रहेको सार्क झन् गतिशून्य भयो । उनी प्रधानमन्त्री भएको ६ महिनामा २०१४ नोभेम्बरमा काठमाडौंमा एकपटक अठाह्रौँ सार्क शिखर सम्मेलन भएको थियो, त्यसपछि हालसम्म एउटा सम्मेलन पनि हुन सकेको छैन ।

    यसले मोदीको बाहिरी देखाउने व्यवहार र भित्री चरित्र स्पष्ट पा-यो । भारतमा मोदीको उदयलाई धेरै नेपालीले एउटा हिन्दु सन्तका रूपमा पनि विश्वास गरेर ठुलो सहानुभूतिसहित साथ दिएका थिए । पछि २०७२ सालको शक्तिशाली भूकम्पको बेला मोदी सरकारले नेपालप्रति गरेको नाकाबन्दीले उनीप्रतिको नेपाली मन नराम्ररी भाँचिदिए ।

    छिमेकी मुलुकले आडभरोसा नपाउनु नयाँ कुरा थिएन तर स्वयम् भारतभित्रैका लाखौँ अल्पसङ्ख्यक, धार्मिक र राजनीतिक शक्तिहरू, जो सङ्घवादबाहिरका छन्, उनीहरू पनि आज दिन–प्रतिदिन मोदी सरकारबाट असुरक्षित महशुस गरिरहेका छन् । त्यहाँ सत्ता तावेदार मिडियाले मात्र होइन, स्वयम् भाजपाको जिम्मेवार नेतृत्वमा र सरकारसमेतको महत्त्वपूर्ण पदमा बसेकाको भड्काववादी बयानबाजीले मोदी सरकार कति धार्मिक कट्टरपन्थी, जातीय र नश्लवादी चिन्तनको छ भन्ने कुरा प्रष्ट हुन्छ । नागरकता विधेयक विरुद्ध आज भारतमा जुन आन्दोलन उठिरहेको छ, त्यो मोदी सरकारबाट उत्पन्न हुँदै गएको असुरक्षा विरुद्धको प्रकट रूप हो ।

    केही महिनापहिले सम्पन्न दिल्ली लोकसभाको चुनावी कार्यक्रममा दिल्लीको शाहिनवागमा नागरिकता विधेयक विरुद्ध धर्नामा बसेकालाई इङ्गिथ गर्दै पूर्व भाजपा अध्यक्ष तथा बहालवाला गृहमन्त्री अमित शाहको अभिव्यक्तिले भाजपाको रणनीति स्पष्ट देखिन्छ । केजरीवाललाई हराउन र केजरीवाल शाहिनवाग आन्दोलनको हिस्सा हो भन्ने देखाउन अमित शाहले जब दिल्लीका मतदाताको मत कमलको फूलको बटनमा दबिन्छ, त्यसको झट्का शाहिनवागमा लाग्छ भनेर धार्मिक भावना भड्काएर आफ्नो निकृष्ट चुनावी दाउ लगाउन खोजेका थिए । तर दिल्लीका सचेत मतदाताले ७० मा जम्मा ७ सिट दिएर भाजपालाई धुलो चटाए ।

    कस्मिरलाई हड्पेपछि भारतले जारी गरेको नक्सामा नेपाली केही भूभाग पनि समेटिएपछि नेपालभर र विश्वस्तरमा रहेका नेपालीले भारतीय हस्तक्षेपको ठुलो विरोध गरे र कालापानी, लिपुलेक र लिम्पियाधुरासमेतको नक्सा प्रकाशित गर्न नेपाल सरकारलाई दबाब दिए ।

    अहिले विश्व कोरोनाको महामारीले हायलकायल भइरहेका बेला भारतले फेरि नेपाली भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जोड्ने बाटोको उद्घाटन ग-यो । नेपाली पक्षले वार्ताको मध्यमबाट विवादित भूमिको टुङ्गो लगाउन आग्रह गर्दागर्दै फेरि एकलौटी बाटो उद्घाटन गर्नु भारतको हेपाहा र दादागिरीपन थियो, जसका विरुद्ध लकडाउनकै समयमा पनि नेपाली जनता सडकमा आए र सरकार पनि यसपटक बढी गम्भीर देखियो ।

    परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिट्टै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णयलाई आ्फनो ट्विट मार्फत् जानकारी गराए, जसले गर्दा आम नेपाली जनसमुदायलाई गर्व महशुस गरायो । उता, भारतीय सेना प्रमुख मनोजमुकुन्द नरभानेले मन्त्रिपरिषद्को निर्णयलाई कसैको उक्साहटमा नेपालले गरेको निर्णय भन्ने आसयको टिप्पणी गरेका छन् । सार्वभौम राष्ट्रको मामिलामा सेना प्रमुखको यो भनाइ गैरजिम्मेवार र हेपाहा कूटनीतिक आचरणको तल्लो स्तर हो । स्वयम् भारतीय बुद्धिजीवीहरूले सेनापतिको यो बयानलाई अमर्यादित भनेका छन् ।

    प्रदीप ज्ञवालीको ट्विटमा प्रतिक्रिया दिँदै भारतीय फिल्मी कलाकार नेपाली चेली मनिषा कोइरालाले पनि ‘हाम्रो सानो देशको गर्व राख्नुभएकोमा धन्यवाद, म तिनै देशबिच शान्तिपूर्वक र मर्यादित वार्तालापको कामना गर्दछु’ भन्ने भावनामाथि खनिँदै केहि सरकारपोषित मिडियाले ‘खाते भारत का है, गाते चीन का है’ भन्दै मनिषाको अपमान गरेका छन् । यो अमित शाह, सेना प्रमुख नरभानेजस्ताको अभिव्यक्तिकै सिलसिलाको भनाइ हो भन्ने छुट्याउन कुनै गाह्रो छैन । यसको जवाफ दिँदै मनिषाले ठिकै भनेकी छन्– ‘परिश्रम बेचिन्छ, स्वाभिमान होइन ।’

    बाहिर भाजपाले सरकार चलाएको देखिए पनि भित्री रूपमा धार्मिक अतिवादी संस्था राष्ट्रिय स्वयम्सेवक सङ्घले नेतृत्व गरिरहेको छ । त्यसैले भाजपामा धार्मिक फासिवादी, जातीय र नश्लवादी चरित्र हावी छ, जुन स्वयम् भारतीय करोडौँ स्वतन्त्रता तथा न्यायप्रेमी जनताको पनि हितमा छैन ।

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.