केरसिंह अदै, तौलिहवा ।
सङ्घीयताको विरुद्धमा १२ स्थानमा कोणसभा गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुको मोटरसाइकिल र्याली समापन भएको छ ।
२०८१ पुस २७ गते सुरु भएको सो अभियान आज पुस २८ गते आइतबार चन्द्रौटामा समापन भएको हो ।
आजको अभियान शिवराज नगरपालिका–३ खरेन्द्रपुरबाट सुरु भएर महाराजगञ्ज, कृष्णनगर, विजयनगर हुँदै कपिलवस्तुका विभिन्न स्थानमा सञ्चालन भएको थियो ।

मोटरसाइकिल र्यालीसँगै खरेन्द्रपुरको कोणसभालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले सम्बोधन गर्नुभएको थियो ।
महाराजगञ्जमा आयोजित सभालाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेलले सम्बोधन गर्नु भएको थियो ।
गैडहवाचोकको कार्यक्रमलाई अन्टुकका केन्द्रीय सदस्य तथा राजमो कपिलवस्तुका सचिव अदैले सम्बोधन गर्नुभएको थियो ।
बहादुरगञ्जमा आयोजित कोणसभालाई प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार शशि सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
कृष्णनगरस्थित गोलघरमा आयोजना गरिएको सभालाई नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षत्रीले सम्बोधन गर्नुभएको थियो ।

कृष्णनगर बसपार्कमा सम्पन्न सभालाई राजमो नेता अदै र सङ्घीयता विरोधी मञ्च कपिलवस्तुका संयोजक पिताम्बर खनालले सम्बोधन गर्नुभएको थियो ।
विजयनगर झिँगामा आयोजित कोणसभालाई राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासेले सम्बोधन गर्नुभएको थियो ।
४ नम्बरको भतनीमा आयोजित कोणसभालाई अप्फा कपिलवस्तुका अध्यक्ष सिद्धि आचार्यले सम्बोधन गर्नुभएको थियो ।
विजयनगरकै ज्योतिनगरमा सम्पन्न सभालाई राजमो नेता अदै र अखिल नेपाल युवक सङ्घ कपिलवस्तुका अध्यक्ष विक्रम केसीले सम्बोधन गर्नु भएको थियो ।

शिवराज–२ हल्लानगरमा आयोजित कोणसभालाई युवक सङ्घका केन्द्रीय सल्लाहकार युवराज आचार्यले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै, बलापुरमा सम्पन्न सभालाई अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य हिमलाल बेलबासेले सम्बोधन गर्नुभएको थियो ।
समापन कार्यक्रममा चन्द्रौटाको सभालाई बेल्बासे र भाटक्षत्रीले मन्तव्य राख्नुभएको थियो ।
राजमो सचिव अदैको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो जिल्ला अध्यक्ष बेलबासेले कार्यक्रममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
