काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।
Advertisement
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालतले उनलाई आइतबार हिरासत पठाएको हो ।
जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राख्ने तयारी छ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आज काठमाडौँ अदालतमा आफैं उपस्थित हुन पुगेका हुन्।