• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अमेरिकी र भारतीय साम्राज्यवाद : राष्ट्रघाती, जनघाती र विकास विरोधीलाई चिनौँ


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • दीप गोले तामाङ ##

    Advertisement

    प्रजातन्त्रको अभ्जन्मदाता बेलायतलाई मान्न सकिन्छ । अहिलेको संसार प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको हो । यी तीनओटै व्यवस्थामा एउटा समानता छ : त्यो हो– यस्तो व्यवस्थामा सार्वभौमसत्ता जनतामा निहित हुन्छ ।

    प्रजाको अर्थ जनता हो र तन्त्र भनेको जनताले चुनेर पठाएको व्यक्तिले जनतामाथि नै शासन गर्नु भन्ने हो । मेरो भाषामा यो व्यवस्था लुटको व्यवस्था हो ।

    अमेरिकाले आजसम्म पनि संसारका उत्पीडित देशमाथि शोषण गरिरहेको छ । शोषणका अनेक रूप हुन्छ । दाउ हुन्छ । अमेरिकी भोकरोगसँग लड्दै छन् । अमेरिकी शासकहरू धेरै फेरिए तर शोषण गर्ने तरिका फेरिएन ।

    अमेरिका कथित प्रजातन्त्रको नारा लगाउँछ तर जनता र विश्वलाई भ्रममा पारेर शोषण गरिरहेको हुन्छ ।

    अमेरिकामा प्रजातान्त्रिक अभ्यासको निकै लामो इतिहास छ तर जति हामीले बाहिरबाट अमेरिकालाई बुझेका छौँ, त्योभन्दा वास्तविकता भिन्न छ । सत्य कुरा, अमेरिका त्यो सत्य होइन, जस्तो भन्ने गरिन्छ, अमेरिका प्रजातन्त्रको हिमायती हो । त्यसको विपरीत अमेरिका जनता विरोधी देश हो । त्यहाँ आफ्नै देशका नागरिकमाथि भेदभावपूर्ण व्यवहार कायमै छ । आर्थिक असमानता, बेरोजगारीको शिकार हुने क्रम त्यहाँ बढ्दो छ । यदि त्यो साँच्चिकै प्रजातान्त्रिक देश हो भने त्यहाँ सबै नागरिकप्रति समान व्यवहार गरिन्थ्यो । सबै देशप्रति समान दृष्टिकोणले हेरिएको हुन्थ्यो । जसरी चतुर्‍याइँ गरी एकलौटी विश्वमाझ शासन गरिरहेको छ, त्यो ताज झरिसक्थ्यो ।

    आज अमेरिकाप्रति विश्वका जनताको जति विश्वास थियो, त्यो पनि टुटेको छ । आजको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा त्यहाँ ४७ ओटा राष्ट्रपति बनिसकेका छन् । कुनै पनि राष्ट्रपतिले सबै देशको अस्तित्वलाई स्वीकार गर्न नसकेको अवस्था छ । पचासौँ देशमाथि युद्ध थोपरी शान्तिसुरक्षाको नाममा त्यहाँका बहुमूल्य वस्तुको उत्खनन् गरी आफ्नो देशमा जम्मा गर्ने काम अमेरिकाले गरिरहेको छ । अनेकौँ धर्मको प्रचारप्रसार र अनेकौँ जातजातिबिचमा राज्यको माग गर्न लगाएर जातीय सद्भावमा खलल पुर्‍याउने काम पनि अमेरिकाले गरिआएको छ । त्यस्तो जनविरोधी कार्यबाट नेपाल पनि अछुतो छैन । आज अमेरिकाले नेपालका विभिन्न पार्टीलाई आफ्नो अनुकूल बनाउँदै छ । एमसिसी, एसपिपीजस्ता राष्ट्रघात गराउने काममा अमेरिका सफल भएको छ तर यिनको प्रजातन्त्र विस्तारै ढल्दै छ ।

    हाम्रो जस्तो मुलुकमा सङ्घीयताको बिजारोपण गरी जातीयवादको नारा, आत्मनिर्णयको अधिकारसहितको सङ्घीय राज्यको माग गर्न लगाउने काममा सबैभन्दा अगाडि माओवादी पार्टीहरू छन् । सङ्घीय राज्य बनाउने काममा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद एक हदसम्म सफल भएका छन् । हाम्रा नेताहरूको सत्ता, पदलोलुपता र आशीर्वादको कारणले विदेशी शक्तिहरू चलखेल गर्न पाएका छन् ।

    जनताको शासन भनेर वर्षौंदेखि चुनावी मैदानमा उत्रिएका पार्टीहरू बहुमतको नाममा देश र जनतालाई लुटिरहेका छन् । यिनको कथित प्रजातन्त्रले झन् समाजमा वर्गीय विभेदकारी नीति भित्र्याउने काम गरेको छ । देशका सम्पूर्ण स्रोतसाधन बेचेर व्यक्तिलाई लाभान्वित हुने व्यवस्था मिलाएका छन् । देश डुबाउने कामभन्दा अरू केही गर्न सकेका छैनन् । विदेशी शक्तिकेन्द्रले काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी, रास्वपाजस्ता जातीय क्षेत्रीय पार्टीलाई प्रयोग गरिरहेका छन् ।

    नेपाल एउटा यस्तो देश हो, जहाँ सयौँ जाति, सयौँ भाषाका मान्छेहरू बसोबास गर्दछन् । यहाँ जातीय राज्य दिएर अखण्ड राज्य कायम राख्न सम्भव छैन । अर्कातिर, यति सानो मुलुकमा सङ्घीयता आवश्यक छैन । नेपाल आर्थिक रूपले कमजोर देश हो । यहाँ विदेशी शक्तिकेन्द्रले आफ्नो अनुकूलताका व्यक्तिलाई सत्तामा पुर्‍याउने गर्दछन् अनि आफ्नो काम गर्न लगाउँछन् । हिजो २०६२–६३ सालको आन्दोलनमा सङ्घीयताको माग उठेको थिएन । जातीय राज्यको कुरा उठेको थिएन । यसरी लोभमा पारी विदेशीले आफ्नो स्वार्थ पूरा गर्ने प्रयासमा छन् ।

    एमसिसी, नागरिकताजस्ता राष्ट्रघाती विधेयक संसद्बाट पास गरेका छन् । एमसिसीको नाममा अमेरिकी सेना नेपाल भिœयाउने, सडक, विद्युत्जस्ता परियोजनाको नाममा इन्डोप्यासिफिक रणनीति बोकेर चीनलाई घेर्ने अनि नेपालको बहुमूल्य युरेनियम उत्खनन् गरी आफ्नो देशमा लैजाने प्रपञ्च रचिरहेका छन् । यसका लागि अमेरिकी साम्राज्यवादद्वारा एसपिपी कार्यान्वयन गर्न सरकार र सत्ताइतर नेतामाथि दबाब दिने काम भएको छ ।

    यता, भारतीय साम्राज्यवाद नेपालमा आफ्नो नागरिक भित्र्याएर सिक्किमलाई जस्तै आफ्नो एक प्रान्त बनाउन खोजेको छ । निरन्तर यस प्रयासमा भारतले सफलता प्राप्त गरिरकेको अवस्था छ । यसरी हाम्रो एउटा स्वतन्त्र, सार्वभौम मुलुकमाथि भारत र अमेरिकाको स्वार्थ लाद्ने काम भएको छ । यसले गर्दा हामी बहुमतमा होइन, सही विचार, दृष्टिकोणमा विश्वास गर्नुपर्छ । उदाहरणका लागि बहुमतमा विश्वास गर्दा सिक्किमका नेता लेन्डुप दोर्जेले सिक्किम भन्ने देशलाई भारतमा गाभ्ने काम भएको छ । त्यसैले प्रजातन्त्रको नाममा जनता र देशविरोधी कार्यबारे हामी प्रष्ट हुनुपर्दछ ।

    नेपालमा प्रजातन्त्रका अनुयायीसमेत विदेशी दलालको चङ्गुलमा परेर नेपालको अस्तित्व मेटिने खतरा बढ्दै छ । सत्ताइतर राजनीतिक पार्टीहरू २०८४ सालको सपना बाँडेर फेरि भ्रम छरिरहेका छन् । सहकारी समूहका पैसा हिनामिना गर्ने यी नेताहरू खुलम्खुल्ला नाङ्गो छाती देखाउँदै हिँडेका छन् । कथित चुनावी नारा लगाउँदै हिँडेका छन् ।

    सङ्घीयता खारेजी गरिनुपर्दछ । लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरिनुपर्दछ । विकेन्द्रीयतासहितको स्थानीय स्वायत्त शासनको कायम गरी देशको समग्र विकास गरिनुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारमा देशलाई समृद्ध र सबल बनाउने अभियानमा हामी सबै लाग्नुपर्दछ ।

    अहिले देशमा कायम भएको कथित प्रजातन्त्र यो दिशामा लाग्दैन, यसले त खालि बहुमतको शासन चलाउँछ । हामीले फेरि यस्ता राष्ट्रघाती, जनघाती र विकास विरोधी तत्त्वलाई बेलैमा चिन्न सकेनौँ भने भोलि हाम्रो राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता मेट्ने दुष्प्रयास हुने छ । त्यसप्रति सम्पूर्ण देशभक्त र क्रान्तिकारी जनता सजग हुनुपर्दछ ।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.