काठमाडौं । नवलपरासी (पूर्व) को बिनयपुल भाँचिएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।
Advertisement
शुक्रबार अपरान्ह साढे ५ बजे भारतीय मालवाह लरी पुल तर्नेक्रममा बिनयी त्रिवेणी गाउँपालिका–१ बिनयपुल स्थित पूर्व पश्चिम राजमार्गमा रहेको बिनयी पक्की पुल भाँचिएको थियो ।
अहिले वैकल्पिक बाटो प्रयोग गरी सवारी साधन सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।
प्रहरीले बिनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुँदै गुम्बाचोक निस्कने ठूला सवारी साधन र ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङसीगेट निस्कने गरी वैकल्पिक बाटो मार्फत सडक सञ्चालन भएको जानकारी दिँदै सोही रुट प्रयोग गर्न आग्रह गरेको छ ।
पुल भाँचिएपछि राजमार्ग हुँदै पूर्वपश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा रोकिएका थिए ।