दाङ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङ राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सङ्घीयताविरोधी काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुने भएको छ ।
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको उपस्थितिमा २०८१ पुस २६ गते शुक्रबार बसेको अप्फा दाङको बैठकले सो निर्णय गरेको हो ।
अप्फाका जिल्ला अध्यक्ष ऋषिराम पौडेलले दिनुभएको जानकारीअनुसार सङ्घीयताको खारेजी किसान समुदायका लागि पनि अत्यन्तै महत्त्वपूर्ण भएकाले सो निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले अप्फाको माघ २५ गते बुटवलमा आयोजित राष्ट्रिय भेलाको तयारीका लागि पालिकास्तरीय भेला गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकले वामपन्थी पार्टीनिकट छ किसान सङ्गठनको सहकार्यद्वारा पनि दाङको किसान आन्दोलनलाई अगाडि बढाउने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्यको पनि उपस्थिति रहेको बताइएको छ ।