विष्णु शर्मा ##
Advertisement
सङ्घीयता अफाप भयो
किन बुझ्दैनौँ नेता हो
अर्थतन्त्र खोक्रिँदै गयो
रोजगार छैन देशमा
कारखाना बेचेर खाए
जनता आउनु चेतमा
व्यावहारिक शिक्षा छैन
असम्भव छ रोजगार
विदेश नगई भएन
युवालाई विदेश पेवा
चिन्ता लाग्न थाल्यो
कल्ले गर्छ देशको सेवा
बेल्चा चलाउँदै छन्
विदेशी धर्तीभरि
डिग्री पढेकाले झन्
विकल्प खोज्नुपर्छ
सरकारले छिटै नै
युवाहरू रोक्नुपर्छ
युवा उठ्नुपर्छ
पूर्व अनि पश्चिमबाट
सबै जुट्नुपर्छ
यति कुरा होस पुर्याऊ
सरकारमा बस्नेहरू
व्यावहारिक शिक्षा ल्याऊ
गफैले फुलिसक्यो केश
देश, जनता माथि राख
बल्ल बन्छ देश