• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

छोरा सब्बिरको ‘पार्किन्सन’ को तेस्रो चरणको उपचार


  •   बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
  • बद्रे आलम ##

    Advertisement

    मेरा तीन भाइ छोरामध्ये जेठो छोरा ४१ वर्षको सब्बिर आलमलाई सात वर्षपहिले सन् २०१७ मा उपचारको क्रममा अचानक ढाडको नसा च्यापिएको समस्या देखिएपछि उपचार सुरु भएको थियो । त्यति बेला उपचारको क्रममा केही राहत पनि भयो तर दुई वर्षपछि सन् २०१९ मा पुनः ढाडमा नसा च्यापिएको समस्या बल्झियो । फेरि पनि उपचार भई जीवन सामान्य हुँदै गइरहेको थियो । एक्कासि सन् २०२२ देखि छोरालाई भिन्नै प्रकारको समस्या देखिन थाल्यो । हातखुट्टा काम्ने, सजिलै सोझो गरी कुर्सी वा खाटमा बस्न नसक्ने, बसेको स्थानबाट सहज ढङ्गले उठ्न नसक्ने, हिँड्ने क्रममा सुरुमा पाइला चाल्न गाह्रो हुने, एक पाइला हिँडेपछि सामान्य हिँडाइ नभई आफै वेगमा पाइला चालिने, आवाज बिस्तारै कम र नबुझिने हुँदै जाने, शरीरका अङ्ग जकडिएर कडा हुने, दिनमा औषधीपानी खान नसक्ने, दिसा नियमित नहुने आदिका कारणले बिस्तारै जीवन असहज हुन थाल्यो ।

    यस प्रकारका लक्षण देखिन थालेपछि पहिला त रुपन्देही जिल्लाका विभिन्न स्थानमा उपचार गराइयो तर सहज हुन सकेन । मेरा प्रियजन, आफन्त, वरिष्ठ डाक्टर कासिम शाहलाई छोराको अवस्थाबारे जानकारि गराएँ । उहाँले काठमाडौँका विभिन्न अस्पतालमा यस प्रकारका लक्षणकोे उपचारबारे बुझ्नुभयो । उहाँलाई बुझ्न केही गाह्रो भएन किनकि डा. कासिम शाह त्यही फिल्डको व्यक्तित्व हुनुहुन्थ्यो ।

    उहाँको सुुझावअनुसार काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा वरिष्ठ डाक्टर बसन्त पन्त तथा अनुभवी डक्टर रेशा श्रेष्ठसित जाँच गराउने क्रममा छोरालाई लागेको रोग ‘पार्किन्सन’ हो भन्ने थाह भयो । यो अत्यन्त दुर्लभ रोग रहेछ । काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा मात्र पार्किन्सनको उपचार हुने रहेछ ।

    संसारमा निकै कम मानिसलाई र प्रायः वृद्ध अवस्थामा मात्र लाग्ने रोग भए पनि मेरो छोरालाई युवा अवस्थामै यो रोग लाग्न पुग्यो। वरिष्ठ डाक्टर बसन्त पन्त र डाक्टर रेशा श्रेष्ठकोे मातहत अन्नपूर्ण न्यूरोमा डेढ वर्षदेखि नियमित उपचार भइरह्यो । उहाँहरूकोे काउन्सिलिङद्वारा थाह हुन आयो कि यो रोग लाग्न सक्ने कारणमध्ये वंशाणुगत पनि एक हो । मलाई जहाँसम्म स्मरण छ, मेरो जिजुबाजे, जिजुबजै, बाजे, बजै, बुबा, आमा, म र मेरी श्रीमतीमा पार्किन्सनका कुनै पनि लक्षण देखिएकोे छैन तर मेरो छोरालाई यो रोग, त्यो पनि युवा अवस्थामै कसरी लाग्यो ? कारण थाह हुन सकेकोे छैन ।

    वरिष्ठ डाक्टर बसन्त पन्तको भनाइअनुसार यस रोगको पाँच चरण हुने रहेछ । पहिलो र दोस्रो चरण अलि सामान्य मानिँदो रहेछ । त्यसो भएकाले औषधीबाट उपचार सुरु हुने भएकाले निरन्तर डेढ वर्षदेखि उपचार भइरह्यो । अहिले छोराको रोग तेस्रो अवस्थामा पुगेकाले औषधीबाट मात्र निको हुन सम्भव नहुने भएकाले वायर प्रविधि वा बैटरी जडान गर्ने प्रविधिबाट उपचार गर्ने सुुझाव डाक्टरबाट प्राप्त भयो ।

    बैटरी जडान प्रविधिले पनि एकपटकमा बढीमा दश वर्ष मात्र काम गर्ने, त्यसपछि अर्को फेर्दै जानुपर्ने रहेछ ।

    यो प्रविधि धेरै महँगो पर्ने, सामान्य मानिसको पहुँचभन्दा धेरै माथि, युवा अवस्था भएकाले मेरो छोराकोे हकमा त धेरैपटक बैटरी फेर्नुपर्ने अवस्था आउन सक्ने हुँदा र यस अस्पतालमा स्वास्थ्य बिमाको पनि व्यवस्था नभएकोले असमञ्जसमा परेँ ।

    एक जना हाम्रा मान्यजन शुभचिन्तकले बेङ्गलोरमा सत्य साईं बाबा मेडिकल कलेजमा निःशुल्क उपचार हुन सक्ने सुझाव दिनुभयो । साईं बाबा मेडिकल कलेजमा भर्ना हुनका लागि आनन्द शर्मासँग सम्पर्क गरेँ । उहाँमार्फत केबी गुरुङको अथक प्रयत्नले बैङ्गलोरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका साथीहरूबाट भर्ना गर्नका लागि निकै प्रयत्न भयो तर लामो समयसम्म भर्ना हुने कुनै सम्भावना छैन (नो भेकेन्सी) भन्ने जवाफ पाएँ ।

    पाँचौँपटकको फलोअपमा वरिष्ठ डाक्टर बसन्त पन्त र डा. रेशा श्रेष्ठको सल्लाहअनुसार वायर प्रविधिबाट नै उपचार गर्ने टुङ्गो लाग्यो ।

    अप्रेसनको समय पनि प्राप्त भएकाले यही पुस १५ गते काठमाडौँ आइयो । पुस १६ गते एमआरआईलगायतका विभिन्न जाँच भई पुस १७ गते बुधबारका दिन दिउँसो ३ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा बिरामीलाई भर्ना गरियो । पुस १८ गते बिहीबारका दिन २ बजेर ४० मिनटमा अप्रेसन कक्षमा लगियो र ३ बजेर ४८ मिनेटमा अपरेसन सम्मपन्न गरी आई.सी.यू. मा ल्याइयो । कुल समय करिब एक घण्टा आठ मिनट लागेको रहेछ । अपरेसन कार्य विद्यावारिधि गर्नुभएका वरिष्ठ डाक्टर बसन्त पन्त, डा. रेशा श्रेष्ठ र युवा डा. प्रीतम गुरुङकोे टिमद्वारा सम्पन्न भएको थियो ।

    रोगको सुरुआत देब्रे अङ्गतिर भएकाले टाउकोको दायातिरकोे भागमा अप्रेसन भएको हो । अहिलेसम्म गरिएका पार्किन्सनका बिरामीकोे अपरेसनमा यो एक सय पाँचौँ अप्रेसन भएको र सबैभन्दा कान्छो बिरामी भएको थाह भयो । अप्रेसनपछि सोहि दिन आई.सी.यू. मा राखियो ।

    भोलि पल्ट करिब ३ बजेतिर जनरल वार्डमा सारियो र पुस २१ गतेका दिन करिब साढे पाँच बजेतिर बिरामीलाई डिस्चार्ज गरियो ।

    पुस २३ गते पुनः फलोअपका लागि बोलाउनुभयो र सोही दिन अस्पताल पुगियो । डाक्टरकोे चेकजाँचपछि आगामी तीन महिनामा फेरि फलोअपका लागि आउने गरी अस्पतालबाट बिदा भई अहिले चन्द्रागिरी नगरपालिका वडा नं. ९ मच्छेगाउँमा छोरीज्वाइँका घर पुगियो ।

    उपचारका क्रममा निर्णायक भूमिका खेल्नुहुने तथा सफल अप्रेसन गर्नुहुने वरिष्ठ डाक्टर बसन्त पन्त, डा. रेशा श्रेष्ठ, डा. प्रीतम गुरुङ र उहाँका सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दछु । आई.सी.यू. तथा जनरल वार्डमा रहँदा सहयोग पु¥याउनुहुने डाक्टर, नर्स तथा सफाइकर्मीलगायत सबै कर्मचारीप्रति सम्मान प्रकट गर्दछु । बिरामी कोे सहयोगका लागि भौतिक रूपमा अस्पतालमा आई आफ्ना महत्त्वपूर्ण समय, सहयोग तथा सहानुभूति दिनु हुने मेरा साथीहरू घनश्याम न्यौपाने, निमबहादुर बुढाथोकी, राज्यसभाका सांसद तुलप्रसाद विश्वकर्मा, पूर्व सांसद दुर्गा पौडेल, अधिवक्ताद्वय विमल पोखरेल, तारा आचायलगायतका साथीमा आभार व्यक्त गर्दछु ।

    बाहिर रहेर पनि फोनबाट बेलाबेलामा मलाई आश्वासन सान्त्वना दिइरहनु हुने हाम्रा अग्रजद्वय नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्र बहादुर केसी तथा मेरा सम्धि मोहम्मद सल्ली शाहलाई श्रद्धा प्रकट गर्दछु ।

    त्यसैगरी, चिन्ता व्यक्त गर्नुहुने र स्वास्थ्यलाभको कामना गर्नुहुने आनन्द शर्मा, चेतनाथ आचार्य, लीलाबहादुर केसी, टानबहादुर खत्री, मेरा दाजुभाइ, अस्पतालमा छोराको उपचारको क्रममा सु देखि अतुलनीय सहयोग गर्ने मेरा आफन्त वरिष्ट डाक्टर कासिम शाह र उहाँका परिवारजन, भाइ जहिरुल, उहाँहरू सबैप्रति कृतज्ञता प्रकट गर्दछु ।

    त्यस्तै, मेरा आफन्तजन सर्वोच्च अदालतका पूर्व न्यायाधीश जुनेद आजाद, डा. बर्कतदिन खान, अमिरुल्ला शाह, मकबुल अली, साजिद अली, जिब्राइल शाह, अजिमुल्ला शाह ,शब्बिर शाह, हब्जा खातुन र सबिरा खातुनलगायत स्वास्थ्यलाभको कामना गर्नहुने सम्पूर्ण आफन्तजनमा आभार ब्यक्त गर्दछु । मेरो छोरी जमिला खातुन, ज्वाइँ मोहम्मद शकिल, कान्छो छोरा आफताब आलम, नाती, नातिनाहरू मोहम्मद सोयब, मोहम्मद सैयद, साहिल शाह, साफिया र नाजिस फातिमाले आआफनो तहबाट बिरामी लाई पु¥याएको सहयोगप्रति धन्यवाद प्रकट गर्न चाहन्छु ।

    तीन महिनापछि पुनः फलोअपमा जाने गरी पुस २४ गते बुधबार घर आइयो ।

    बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.