काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
Advertisement
२०८१ पुस २३ गते मङ्गलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।
७ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु नेपालको सिमानानजिकै तिब्बत जानकारी प्राप्त भएको छ । भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो ।
भूकम्पको यकिन क्षतिको विवरण आइसकेको छैन ।