• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रवासी नेपालीको चित्कार


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    सम्भवतः २०७६ चैत्र १८ गतेको राष्ट्रिय समाचार समितिले ‘भारतको हरियाणाबाट साइकल चलाएर नेपालमा’ भन्ने शीर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका कलुवापुर निवासी राना समुदायका एक जना युवा भारतको हरियाणामा होटलमा काम गर्थे । भारतले लकडाउनको घोषणा ग-यो । होटल बन्द भए । ती युवा होटलमा नै बस्थे । होटल बन्द भएपछि निजलाई होटलबाट निस्कनुपर्ने बाध्यता आइलाग्यो । बाहिर बस्न सक्ने विकल्प पनि थिएन । होटलबाट पाएको थोत्रो साइकल चलाएर उनी हरियाणाबाट हिँडे । हरियाणाबाट लगातार सात दिनको कष्टकर यात्रा गरेर उनी महेन्द्रनगर पुगे ।

    भारतमा लकडाउन भइसकेपछि दिल्लीको एउटा पसलमा कार्यरत नेपालीको रोजगारी पनि सकियो । श्रीमती सुत्केरी भएको जम्मा आठ दिन मात्र भएको थियो । काम र पैसाको अभावमा परिवारसहित दिल्लीमा बस्न सम्भव थिएन । आठ दिनको सुत्केरी श्रीमती र बच्चासहित ती नेपाली पैदल हिँडेर लगातार चार दिनको पैदल यात्रापछि नेपालको सिमाना गड्डाचौकी आइपुगे ।

    लकडाउनले नोकरी खोसिएपछि चार महिनाको गर्भवती श्रीमती लिएर बम्बईबाट हिँडेका एक जना बझाङ निवासी सीमानाका बन्द भएका कारण नेपाल आउन पाएनन् । उत्तर प्रदेशस्थित रामपुरको क्वारेन्टाइनमा उनीहरूलाई राखियो । मापदण्ड विपरीतको क्वारेन्टाइन, अब्यवस्थित बसाइँ, पोषिलो खानाको अभाव, निरन्तरको मानसिक तनावका कारण महिलाको क्वारेन्टाइनमा गर्भ तुहियो । तर दुखद कुरा, त्यस्तो संवेदनशील अवस्थामा पनि ती महिलाले उपचार पाउन सकिनन् । क्वारेन्टाइनबाट मुक्त त भए तर रोगी शरीर लिएर नेपाल आउनुप¥यो ।

    भारतको उत्तराखण्डस्थित हलद्वानी क्वारेन्टाइनमा राखिएका नेपाली एक्कासी राती १२ बजे त्यहाँबाट निकालिन्छन् । झण्डै ९० किलोमिटर पैदल हिँडेर उनीहरू कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकासँग सीमा जोडिएको बाबास्थान आइपुग्छन् । तर भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न दिएनन् । त्यहाँबाट नेपाल प्रवेश नपाएपछि उनीहरू २५ किलोमिटर पैदल हिँडेर राती वनबासा आइपुग्छन् । उनीहरूलाई नेपाल प्रवेश गर्न दिनुको सट्टा राती जङ्गलमा लगेर भारतीय सुरक्षाकर्मीबाट निर्घात रूपले कुटपिट गरेर भारततिर लखेट्ने काम हुन्छ ।

    यी त केही प्रतिनिधिमूलक हृदय विदारक घटना मात्र हुन् । भारतमा नेपालीहरूले लकडाउनका कारण दुःख पाएका असङ्ख्य घटना छन् । भारतमा नेपालीका दुःखपीडा हेर्दा यस्तो लाग्छ, मानौं उनीहरू राष्ट्रविहीन छन् । त्यसैले नेपालको सरकारले न त उनीहरूको पीडा देख्छ, न त अनुभूति नै गर्दछ । तर भारतबाट यिनै नेपालीहरूले बैध च्यानल मार्फत् वार्षिक १ खर्ब रुपिया रेमिट्यान्स पठाउने गर्दछन् । नेपालको आर्थिक विकासमा योगदान पुर्याउँछन् ।

    भारतमा लाखौँ नेपाली श्रमिक दैनिक जस्तो नै यस प्रकारका घटनाबाट पीडित छन् । लकडाउनका कारण आफ्नो रोजगारी गुमाएका छन् । भारतको आधारकार्ड नभएका कारण कैयौँ नेपालीहरू भारत सरकारबाट पाउनुपर्ने सामान्य प्रकारको राहतबाट समेत बञ्चित भएका छन् । छोराछोरीलाई खानाको ब्यवस्था गर्न नसकेका कारण उत्पन्न हिनताबोधले नेपालीहरू आत्महत्या गर्नसम्म विवश भएका छन् । गुजरात बस्दै आएका अछाम जिल्ला बान्नेगडा निवासी एक जना युवाले खानाको जोहो गर्न नसकेको कारण आत्महत्या गरेका थिए ।

    नेपालीहरू भारतमा रोगका कारणभन्दा भोकका कारण मर्ने स्थिति उत्पन्न भइरहेको छ । त्यसैले विभिन्न प्रकारको जोखिम उठाएर आफनो देश आउने कोशिस गरिरहेका छन् । तर दुई वटै देशबिचको अन्तर्राष्ट्रिय सीमानाका बन्द भएको र नेपाल सरकार पनि आफ्नो देशको नागरिकको समस्याप्रति संवेदनशील नभएका कारण सीमानाकामा नेपालीले भयङ्कर दुःख पाउनुपरेको छ ।

    निश्चित रूपले सम्पूर्ण विश्व मानव समाज कोरोना महामारीबाट पीडित छ । विश्व महामारीको यस प्रकारको जटिल अवस्थामा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार जो जहाँ छ, त्यहीँ सुरक्षित बस्ने हो । त्यस्तो अवस्थामा सम्बन्धित मुलुकको सरकारले पनि आफ्नो राज्यमा बसिरहेका प्रवासीको समेत सम्पूर्ण ब्यवस्था गर्नुपर्ने साझा दायित्व हुन आउँछ । तर भारतले न त विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसारको साझा दायित्व निर्वाह गर्न तयार छ, न त समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश ल्याउन सरकार तयार छ । यो अवस्थामा भारतस्थित नेपाल थप जटिल समस्यामा परेका छन्।

    भारतमा कैयौँ नेपाली बस्नै नसकिने अवस्था छ । सरकारले उनीहरूलाई स्वदेश ल्याउनुको कुनै विकल्प नै छैन । भारतमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश ल्याउन सके मात्र सरकारले रोगको सङ्क्रमण फैलिनबाट रोक्न प्रभावकारी कदम चाल्न सक्दछ । आज नेपालमा तीव्र गतिमा फैलिरहेको सङ्क्रमणको मुख्य कारण भारतबाट अबैध ढङ्गबाट नेपाली नेपाल प्रवेश गर्नु पनि रहेको छ । त्यसैले भारतमा भएका नेपालीलाई सुरक्षित र बैध ढङ्गबाट नेपाल ल्याउनुपर्दछ । सीमानाकामा उनीहरूको प्रभावकारी ढङ्गबाट स्वास्थ्यजाँच गरेर आवश्यकतानुसार एकान्तवास, क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाएर सङ्क्रमणको जोखिमलाई कम गर्न सकिँने छ ।

    भारतसहित विश्वका विभिन्न मुलुकमा ठुलो सङ्ख्यामा नेपालीहरू कार्यरत तथा अध्ययनरत छन् । कैयौँ मुलुकमा अध्ययनरत नेपाली विद्यार्थी तथा कार्यरत नेपाली स्वदेश फर्किनका लागि सरकारसँग माग पनि गरिरहेका छन् । कतिपय मुलुकले आफ्ना नागरिक लैजान नेपाललाई पत्राचार गरिसकेको छ । भारतबाहेक अरू मुलुकमा भएका नेपाली नागरिकलाई ल्याउनका लागि नेपालले तयारी पनि सुरु गरिसकेको छ । विदेशमा भएका आफ्ना नागरिकलाई स्वदेशमा ल्याउन प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन पनि दिएको छ ।

    विदेशमा भएका नेपालीलाई स्वदेश ल्याउनका लागि नेपालीले भोगिरहेको समस्याको आधारमा प्राथमिकीकरण गर्नु जरुरी छ । भारतमा भएका नेपालीले भयानक दुःख बेहोर्नुपरिरहेको छ । उनीहरूलाई स्वदेश फर्काउँदा राज्यमाथि ठुलो धनराशीको बोझ पनि पर्दैन । त्यसैले सर्वप्रथम भारतबाट नेपालीलाई स्वदेश ल्याउन प्राथमिकता दिऔँ ।

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.