बागलुङबजार । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर १० मा राष्ट्रिय जनमोर्चाको दोस्रो वडाभेला सम्पन्न भएको छ ।
राजमो बागलुङका सल्लाहकार भानसिंह बुढाको प्रमुख आतिथ्यमा २०८१ पुस १७ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो बडिगाड गाउँपालिका समितिका सचिव विमलकुमार श्रीसको विशेष आतिथ्यमा अघि बढेको उक्त कार्यक्रममा देशको राजनीतिक परिस्थिति र सङ्घीयता विरुद्ध आगामी चैत २४ देखि ३० गतेसम्म घोषणा गरिएको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनलाई प्रभावकारी बनाउनेबारेमा छलफल गरिएको थियो ।
पूर्णबहादुर विकको अध्यक्षता तथा ईश्वरमान विकको सञ्चालनमा उक्त कार्यक्रम अघि बढेको थियो ।

अध्यक्षमा विक
भेलाले ईश्वरमान विक अध्यक्ष रहनुभएको ११ पूर्ण र तीन सल्लाहकार रहनुभएको राजमोको वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुजमान थापा, सचिवमा प्रिया सुनार, सहसचिव नवीन विक र कोषाध्यक्षमा पूर्णा सुनार रहनुभएको छ ।
त्यस्तै, सदस्यमा मीना बुढा, मिने विक, अने विक, मेहरसिंह छन्त्याल, टीकाराम थापा र कुलबहादुर घर्ती तथा सल्लाहकारमा खुदबहादुर गुरुङ, रेसु थापा र कोपिला थापा रहनुभएको छ ।
