दिनेश रैदास ##
Advertisement
म मर्न तयार यो देशका लागि
केही गर्न तयार यो माटोका लागि
जहाँ मैले जन्म लिएँ, हुर्किएँ, बढेँ
त्यही धर्तीलाई प्राण समर्पण गर्दै
समृद्धिको मसाल बोकेर अघि बढ्छु
रातो रगतले इतिहासलाई सजाउँछु
स्वाभिमानको दियो निभ्न दिन्न
सपना र शौर्यलाई झुक्न दिन्न
म सक्छु फाँसी बरु चढ्न जहिल्यै
प्राणको आहुति दिन हाँसी हाँसी
देशको माटोको खुस्बुमा मगन छु
सजाउँछु बलिदानको अभिलाषी
यो आत्मा, यो रगत, यो शिरको घमण्ड,
सबै त हो मातृभूमि तिम्रो लागि ब्रह्माण्ड
स्वतन्त्रताको झन्डा उचाल्न सधैँ तयार
सपना र समृद्धि बनाउँछु अन्तसम्म निखार
म जन्मिएको हुँ यही देशका लागि,
प्राण त्याग्न गर्व छ यो देशकै लागि
कसम छ, हरेक धड्कन तिमीलाई
माटोको प्यार उज्यालो भोलिका लागि