खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य दीपक अर्याललाई बिदाई गरिएको छ ।
चन्डिगढ नगर समितिअन्तर्गत रहेको इन्डस्ट्रियल एरिया समितिका सदस्य अर्याललाई डिसेम्बर ३१, २०२४ का दिन एक समारोहको आयोजना गरी बिदाई गरिएको हो ।
सन् १९८२ देखि मूल प्रवाहको सदस्यता लिएर क्रियाशील रहेका अर्याल बिबिएमबी विद्युत् विभागको जागिरबाट सेवानिवृत्त भएपछि मूल प्रवाहले बिदाई गरेको बताएको छ ।
कार्यक्रममा अर्याललाई नगर समितिका अध्यक्ष मानबहादुर केसीले सम्मानपत्र दिएर सम्मान गर्नुभएको थियो ।
त्यस्तै, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तेजबहादुर रोकाले एरिया समितीको तर्फबाट स्मृतिचिह्न प्रदान गर्नुभएको थियो ।
समारोहमा मन्तव्य राख्दै मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले चार दशकसम्म मूल प्रवाहमा दिएको योगदान प्रशंसनय रहेको र सोहीअनुसार बाँकी समय देशभित्र नेकपा (मसाल) को आन्दोलनमा सक्रिय रहनुहुने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे र बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सरस्वता भुसाल र विष्णु अर्याल, नगर समितिका सचिव थानेश्वर पाण्डे, नगर सदस्य थमन थापा र जितेन्द्र गुरुङ, महिला नगर सदस्य लक्ष्मी अधिकारी र तारा ज्ञवाली, इन्डस्ट्रियल एरिया सदस्य रुद्रप्रसाद अधिकारी र तीर्था भुसाललगायतका कार्यकर्ताले अर्याललाई फूलमाला लगाएर सम्मान गर्नुभएको थियो ।