खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको हिमाचल प्रदेश किन्नोरबाट गत अप्रैल २०२४ देखि सम्पर्कविहीन ४० वर्षीय भीमबहादुर बुढाको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको छ ।
किन्नोरमा परिवारसहित बस्दै आइरहेका भीमबहादुर अप्रैल २०२४ मा नेपाल जान्छु भनी हिँडे पनि आजसम्म घर नपुगेको र आफन्तसँग सम्पर्कमा नरहेको बताउने परिवारले जानकारी दिएको छ ।
कर्णाली प्रदेशको जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं. २ बाबिरा निवासी भीम बहादुर भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा बाटुली बुढा, फोन– ६२३०८४७६८० र नेपालमा ००९७७–९८४८३३५६९४ मा खबर गरिदिन अनुरोध गरिएको छ ।
