काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
Advertisement
निगमले मंगलबार सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो।
बढेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ।
यस्तै, हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाइएको छ। अन्तर्रष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिकिलोलिटर १५ डलर घटेको निगमले जनाएको छ ।
एलपी ग्यासको मूल्य भने हाल यथावत राखिएको छ।
