काठमाडौं । हालसम्म नेपालमा गर्न नसकएिको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जनि सक्विेन्सङि अब राष्ट्रयि जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।
यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहरि पठाउनुपर्ने बाध्यता थयिो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभत्रिै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भनेका थएि ।
सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो । अब राष्ट्रयि जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दएि ।
‘यस्तो परीक्षण पहलिो पटक सम्भव भएको हो,’ उनले भने, ॅअब देशबाहरि नमूना पठाउनु पर्दैन ।’
यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनु पर्ने बाध्यता थयिो ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परविारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भकि चरणमै उपचार गर्न सकएिमा स्तन क्यान्सरबाट व्यक्तकिा परविारलाई जोगाउन सकनिे चकित्सिकहरुको भनाइ छ ।
बाहरि पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तर्निु पर्ने समस्या कम हुने भट्टले जानकारी दएि ।
प्रयोगशालाले रगत र टस्यिुबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नयिमति थप गर्ने भएको छ ।
भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चकित्सिक बताउँछन् । तर प्रयोगशालाले भने ३० हजार रुपैयाँ भत्रिै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करबि दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा करबि १२ करोड वदिेशनिबाट जोगनिे देखन्छि ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने नर्णिय गरेका थएि । अहलिे ती परीक्षण नयिमति रुपमा राष्ट्रयि जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।