काठमाडौँ । नेकपा (मसाल) ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्य विरामी हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Advertisement
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ पुस १६ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै पार्टी स्वास्थ्यलाभको कामना गरेको हो ।
वक्तव्यमा अगाडि भनिएको छ :
“क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव कामरेड मोहन वैद्य बिरामी भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् भइरहेको जानकारी प्राप्त भएको छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”