तानसेन । राष्ट्रिय जनमोर्चा पाल्पाले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको पक्षमा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८१ पुस १५ गते सोमबार सदरमुकाम तानसेनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उहाँले कार्यक्रममा पार्टी इतिहासबारे प्रशिक्षण पनि दिनुभएको थियो ।

सो अवसरमा उहाँले परिवर्तन वा क्रान्ति अवश्यम्भावी भएको बताउँदै कार्यकर्ताहरूलाई धैर्यतापूर्वक निरन्तर पार्टीको आन्दोलनमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि राजमो नेता सुरेश थापाले पनि प्रशिक्षण दिनुभएको थियो ।
चुनावी जनमतका हिसाबले राजमो सानो भए पनि विचार र सिद्धान्तको दृष्टिकोणबाट आफ्नो पार्टी ठुलो भएको भनाइ उहाँले प्रशिक्षणको क्रममा राख्नुभएको थियो ।

त्यस्तै, राजमो केन्द्रीय सदस्य सोमकुमार कार्कीले कार्यक्रममा सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनका लागि पाल्पामा भएको तयारीबारे रिपोर्टिङ गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीले र सञ्चालन अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य नरमती सिँजालीले गर्नुभएको थियो ।
