दीप गोले तामाङ ##
Advertisement
(१)
फलेको वृक्ष नुगेर
हुने बिरुवाको चिल्लोपात
बढ्छ अघि झुकेर
(२)
विवादले द्वन्द्व चल्दछ
दुष्टलाई अब फलेर
भविष्यमार्ग खुल्दछ
(३)
नेपाल चिनाउने सगरमाथा
विदेशीसामु लम्पसार
खै पुर्खाको गाथा ?
(४)
उठ्न दिन्न भारतले
भिक माग्ने कहिलेसम्म
देश बन्छ राहतले ?
(५)
समाज बन्छ साम्यको
हिँड वर्गीय लडाइँमा
निसाफ हुन्छ मूल्यको
(६)
बदल्छौँ विश्व हामीले
क्रान्तिको उभार ल्याउने छौँ
साथ दिए तिमीले
(७)
बनाउनुछ हामी जगत्
भगेर हुन्न यहाँबाट
दिनुछ एकथोपा रगत
२०८१ असार ३ गते
रौतहट