• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालको दिगो विकासमा सङ्घीयता बाधक बनेको छ : महामन्त्री सिंह


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सङ्घीयता नेपालको दिगो विकासको बाधक बनेको दाबी गर्नुभएको छ । ऋण खोज्दै सङ्घीयता धान्दै गर्नुपर्दा समृद्धि र विकास नारामै सीमित भएको उहाँको तर्क छ ।

    राष्ट्रिय जनमोर्चाले आसन्न चैतमा गर्ने सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित सातदिने आन्दोलनको तयारीस्वरूप २०८१ पुस १३ गते शनिबार सन्धिखर्कमा सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    विकेन्द्रीकरणमा आधारित एकात्मक शासन व्यवस्था नै उत्तम रहेको भन्दै महामन्त्री सिंहले सङ्घीयता खारेजीको विकल्प नभएको जिकिर गर्नुभयो ।

    सङ्घीयता नहटाए देश अझै खाडलमा फस्ने उहाँको धारणा रहेको छ । जुनसुकै सरकार आए पनि विदेशिने दक्ष युवाविद्यार्थीलाई रोक्न नसक्नुले देश रित्तो हुने भन्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।

    सङ्घीयताको खर्चकटौति गरी शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्ने र रोजगारीको सिर्जना गर्नुपर्ने महामन्त्री सिंहले खाँचो औल्याउनुभयो ।

    फरक प्रसङ्गमा उहाँले चीनमाथि हमला गर्न नेपाललाई युद्धभूमि बनाउन भारत र अमेरिकाको सपना पूरा भए मुलुक युद्धको भुमरीमा पर्ने उहाँको भनाइ थियो ।

    महामन्त्री सिंहले सोही योजनाअनुसार नेपालमा एमसिसी जबर्जस्ती पारित गराइएको तथा एसपिपी लागु गर्न खोजिएको दाबीसमेत गर्नुभयो ।
    कार्यक्रममा राजमो महासचिव मनोज भट्टले अहिलेको सरकार अमेरिका, भारत र चीनलाई खुसी पार्न बनेको आरोप लगाउनुभयो ।

    जनताका समस्याको निकास दिन र देशलाई विकास दिन अहिलेको सरकार नबनेको आरोप लगाउँदै महासचिव भट्टले अगाडि भन्नुभयो– ‘भारतले नेपाली भूमिमा डोजर चलाउँदा चुइक्क बोल्न नसक्नु त्यसैको उदाहरण हो ।

    राजमो नेता शेरबहादुर बिसीको अध्यक्षता, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालको स्वागत मन्तव्य र राजमो जिल्ला अध्यक्ष थम्मन केसीको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा महामन्त्री सिंह र महासचिव भट्टले प्रशिक्षण दिनुभएको थियो ।

    जिल्लाका छओटै पालिकाबाट राजमोका अगुवा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा चारओटा टोली बनाएर समूह छलफलसमेत गराइएको थियो । कार्यक्रममा राजमो नेताहरू टेकबहादुर थापा, पशुपति ढकाल, वीरबहादुर कुँवर र जोगबहादुर सारूले टोलीका सुझाव प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झबिलाल थापा, राजमो केन्द्रीय सदस्य यमलाल पोख्रेल र अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला रानालगायतले सहजीकरण गर्नुभएको थियो ।

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.