काठमाडौँ । काठमाडौँमा अखिल नेपाल महिला सङ्घको बुढानीलकण्ठ नगर समिति गठन भएको छ ।
Advertisement
२०८१ पुस १२ गते शुक्रबारका दिन राजमो केन्द्रीय कार्यालय भवनमा आयोजित एक भेलाले चन्द्रा थापाको अध्यक्षतामा सात सदस्यीय नगर समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष विष्णु वली, सचिव लक्ष्मी चौधरी र कोषाध्यक्ष पूजा चौधरी रहनुभएको छ ।
त्यसैगरी सदस्यमा शान्ता सिंह र सुधा शर्मा रहनुभएको छ भने एक स्थान रिक्त रहेकोे छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा काठमाडौँका सचिव छवि खनाल र प्रगतिशील पत्रकार सङ्घ बागमती प्रदेश समितिका सदस्य गोविन्दकुमार शर्माको उपस्थिति रहेको थियो ।
