• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलनको तयारीस्वरूप बागलुङको कुश्मिसेरामा सभा


  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • प्रकाश छन्त्याल, बरेङ (बागलुङ) ।

    Advertisement

    सङ्घीयता विरोधी देशव्यापी आन्दोलन कार्यक्रम सफल पार्ने अभियानअनुसार राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनी नगरपालिकाको कुश्मिसेरामा आमसभा सम्पन्न गरेको छ ।

    केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८१ पुस १० गते बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले राजमोले गणतन्त्र तथा राष्ट्रियता लागि सङ्घीयता घातक रहेको निष्कर्ष निकालेको बताउनुभयो ।

    उहाँले नेपाल जस्तो ऋणी मुलुकमा कुनै पनि दृष्टिकोणले सङ्घीयता उपयुक्त नभएको दाबी गर्नुभयो ।

    ‘सङ्घीयताका कारण मुलुकमाथि अनावश्यक आर्थिक बोझ थपिएको छ’ उहाँले भन्नुभयो– ‘कथित सङ्घीयता सुदृढीकरणको नाममा विदेशी दातृसंस्थाको सहयोग लिनुपर्ने बाध्यतामा मुलुकलाई पुर्‍याइएकाले सङ्घीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरूपलाई खारेज गरिनुपर्दछ ।’

    फरक प्रसङ्गमा उहाँले राष्ट्रिय जनमोर्चाले नेपाली काङ्ग्रेस र एमालेबिचको सत्तासमीकरणको मुख्य आधार सात बुँदे समझादारीलाई बताइएको पनि स्मरण गराउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सात बुँदे समझदारीले संविधानको संशोधनमा जोड दिएकाले २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै संविधानका नकारात्मक पक्ष सङ्घीयतालगायतका प्रावधान वा सङ्घीयताको मुख्य पक्ष प्रदेशको शासकीय संरचनालाई संविधान संशोधनद्वारा खारेज गरिनुपर्दछ । हिमाल र पहाडबाट छुट्याएर तराईका केही जिल्लालाई मात्र मिलाएर बनाइएका प्रदेश खारेज गरिनुपर्दछ र ती प्रदेशअन्तर्गतका जिल्लालाई हिमाल र पहाडसँग जोडिनुपर्दछ ।’

    उहाँले रेमिट्यान्सले धानिएको नेपाल जस्तो मुलुकमा जबरजस्ती सङ्घीयता लाडेर देशका युवायुवतीलाई वैदेशिक रोजगारको बहानामा बिक्री गरेको आरोप लगाउनुभयो ।

    त्यस्तै, शिक्षा क्षेत्रमा हस्तक्षेप गर्दै विदेशिने युवा समूहलाई स्वदेशमै राखिराख्न राज्यले ठोस योजना बनाई कार्यान्वपन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटा, राजमा बागलुङका अध्यक्ष तिलक थापा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनलगायतले मन्तव्य राख्नुभएको थियो ।

    राजमो जैमिनी नगर समितिका अध्यक्ष दिलबहादुर श्रीसको अध्यक्षता तथा नगर समितिका सचिव ठाकुरप्रसाद शर्माको स्वागत र राजमो बागलुङका सचिव भीमलाल पोखरेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जैमिनी नगरपालिकाका दशओटै वडा, छिमेकी बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिकाबाट आम नागरिकको उपस्थिति रहेको थियो ।

    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • २.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ३.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ४.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ५.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ६.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ७.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ८.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.