• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलनको तयारीस्वरूप बागलुङको कुश्मिसेरामा सभा


  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • प्रकाश छन्त्याल, बरेङ (बागलुङ) ।

    Advertisement

    सङ्घीयता विरोधी देशव्यापी आन्दोलन कार्यक्रम सफल पार्ने अभियानअनुसार राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनी नगरपालिकाको कुश्मिसेरामा आमसभा सम्पन्न गरेको छ ।

    केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८१ पुस १० गते बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले राजमोले गणतन्त्र तथा राष्ट्रियता लागि सङ्घीयता घातक रहेको निष्कर्ष निकालेको बताउनुभयो ।

    उहाँले नेपाल जस्तो ऋणी मुलुकमा कुनै पनि दृष्टिकोणले सङ्घीयता उपयुक्त नभएको दाबी गर्नुभयो ।

    ‘सङ्घीयताका कारण मुलुकमाथि अनावश्यक आर्थिक बोझ थपिएको छ’ उहाँले भन्नुभयो– ‘कथित सङ्घीयता सुदृढीकरणको नाममा विदेशी दातृसंस्थाको सहयोग लिनुपर्ने बाध्यतामा मुलुकलाई पुर्‍याइएकाले सङ्घीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरूपलाई खारेज गरिनुपर्दछ ।’

    फरक प्रसङ्गमा उहाँले राष्ट्रिय जनमोर्चाले नेपाली काङ्ग्रेस र एमालेबिचको सत्तासमीकरणको मुख्य आधार सात बुँदे समझादारीलाई बताइएको पनि स्मरण गराउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सात बुँदे समझदारीले संविधानको संशोधनमा जोड दिएकाले २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै संविधानका नकारात्मक पक्ष सङ्घीयतालगायतका प्रावधान वा सङ्घीयताको मुख्य पक्ष प्रदेशको शासकीय संरचनालाई संविधान संशोधनद्वारा खारेज गरिनुपर्दछ । हिमाल र पहाडबाट छुट्याएर तराईका केही जिल्लालाई मात्र मिलाएर बनाइएका प्रदेश खारेज गरिनुपर्दछ र ती प्रदेशअन्तर्गतका जिल्लालाई हिमाल र पहाडसँग जोडिनुपर्दछ ।’

    उहाँले रेमिट्यान्सले धानिएको नेपाल जस्तो मुलुकमा जबरजस्ती सङ्घीयता लाडेर देशका युवायुवतीलाई वैदेशिक रोजगारको बहानामा बिक्री गरेको आरोप लगाउनुभयो ।

    त्यस्तै, शिक्षा क्षेत्रमा हस्तक्षेप गर्दै विदेशिने युवा समूहलाई स्वदेशमै राखिराख्न राज्यले ठोस योजना बनाई कार्यान्वपन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटा, राजमा बागलुङका अध्यक्ष तिलक थापा, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनलगायतले मन्तव्य राख्नुभएको थियो ।

    राजमो जैमिनी नगर समितिका अध्यक्ष दिलबहादुर श्रीसको अध्यक्षता तथा नगर समितिका सचिव ठाकुरप्रसाद शर्माको स्वागत र राजमो बागलुङका सचिव भीमलाल पोखरेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जैमिनी नगरपालिकाका दशओटै वडा, छिमेकी बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिकाबाट आम नागरिकको उपस्थिति रहेको थियो ।

    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.