धनगढी । कैलालीमा ५ सय ४९ ग्राम २ सय मिलिग्राम सुनको टुक्रासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश मोहला बजार–२ पलियाकला खिरीका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट उनीहरुलाई पक्राउ गरिएको हो।
युपि ३२ जेभि ९२०० नम्बरको कार सवार उनीहरुलाई जाँच गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ।
कार चालक दीपक र सवार सुमितको साथबाट १ थान ल्यापटप, २ थान मोबाइल र ४४ हजार ८ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ८० भारतीय रूपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
हिरासतमा राखेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ।