• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मतगणनामा रमाउँदै गर्दा आएको फोनको त्यो घण्टी


  •   सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
  • टेकराज भुसाल ##

    Advertisement

    नेपाल पत्रकार महासङ्घको सत्ताइसौँ महाधिवेशनसँगै तीनै तहको निर्वाचन सम्पन्न भएको छ । त्यसअन्तर्गत रुपन्देही शाखा कार्यसमितिमा सहसचिव (खुल्ला) पदमा मेरो उम्मेदवारी थियो । निर्वाचनको तयारी उल्लासमय थियो । मङ्सिर २८ गते बिहान ठिक १०ः३० बजेबाट मतदान सुरु भयो । वातावरण रमाइलो नै थियो । ४ः३० बजेसम्म मतदान विवादरहित रूपमा सम्पन्न भयो ।

    साँझ ६ बजेदेखि रुपन्देहीमा केन्द्रको मतगणना सुरु भयो । केन्द्रको मतगणना सम्पन्न भएपश्चात् प्रदेशको मतगणना सुरु भयो । रातको १२ बजे प्रदेशको मतगणना सम्पन्न भयो । राति १२ बजेपछि जिल्लाको मतगणना सुरु भयो । मलगायत अन्य जिल्लाका उम्मेदवार साथीहरू जिल्लाको मतगणना सुरु भएसँगै हर्षित थियौँ ।

    हामी मतगणना भएको ठाउँको नजिकै बसेर निकै रमाइलो गरिरहेका थियौँ, त्यत्तिकैमा मेरो फोनमा घण्टी बज्यो । मलाई लाग्यो भोट कति आयो भनेर सोध्न फोन आयो तर त्यो घण्टी मैले सोचे जस्तो कति भोट आयो भन्ने नभएर मलाई छाँगोबाट खसाल्ने सूचना बोकेर आएको घण्टी रहेछ ।

    मैले ‘हजुर’ भन्दै फोन उठाएँ । उताबाट ‘सुन्नुस् त, नेपालगन्ज रोडमा गाडी दुर्घटना भएछ । गाडीमा तीन जना हुनुहुन्थ्यो । तीन जना नै हुनुहुन्न रे !’

    मैले प्रश्न गरेँ– ‘को तीन जना ?’

    उताबाट नयाँगाउँका आमाबुबा (मेरो मावलको कान्छो हजुरआमा र बुबा) र हरि शर्मा भन्ने आवाज सुनियो । म झसङ्ग भए र भनेँ– ‘ल म बुझ्छु ।’

    म मतगणना भइरहेको हलबाट मूल गेटमा पुगेँ । मूल गेटमा रहेका प्रहरीलाई भनेँ– ‘नेपालगन्ज रोडमा गाडी दुर्घटना भयो रे झ् के हो ? अवस्था कस्तो छ ?’ प्रहरीलाई कार्यालयमा सम्पर्क गर्न लगाए र घटनाको बारेमा थप जानकारी लिएँ र म सिधै घटना भएको स्थानमा पुगेँ ।’

    त्यहाँ पुग्दा मृत शरीरलाई लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइसकिएको थियो भने स्थलगत मुचुलका तयार गरेर गाडीलाई इलाका लैजाने तयारी हुँदै थियो ।’ घटनास्थलमा रहनुभएका मामा, माइजू, भाइलाई बेलवास घरमा ल्यायौँ । बिहान भएसँगै अन्य व्यक्ति पनि जाने क्रम बढ्दै गयो ।

    हजुरबुबा र आमालाई भावपूर्ण श्रद्धाञ्जली !

    जे जस्तो भए पनि सत्यलाई स्वीकार्दै हामी यता दाहसंस्कारको तयारीमा अगाडि बढ्यौँ भने उता निर्वाचनको मतगणना पनि सम्पन्न भएछ । करिब दुईतिहाइ मतले अघि रहेको नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली काङ्ग्रेस निकट प्रेस युनियनको महागठबन्धनका उम्मेदवार निर्वाचित हुनुभयो । हाम्रो प्यानल पराजित भयो ।

    म सहसचिव (खुल्ला) पदमा मतले पराजित भए पनि कर्मले हुने छैन र कर्मको मैदानमा हामी सँगै हुने छौँ । तपाईंहरुको कार्यकाल सफल पार्न मेरो हरप्रयत्न सहयोग रहनेछ । अध्यक्ष पदमा निर्वाचित दिनेश पाण्डे दाजुको नेतृत्वमा विजयी हासिल गर्नुहुने सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सम्झन लायक उत्कृष्ट कार्यकालको लागि शुभकामना ।

    निर्वाचन प्रक्रियामा गइसकेपछि जित र हार निश्चित छ । यसमा सहयोग गर्ने सबैमा सादर धन्यवाद । मलाई सहसचिव (खुल्ला) पद दिएर आफ्नो नेतृत्वको प्यानल बनाएर निर्वाचनमा होमिनुभएका सम्पूर्ण टिम तथा मलाई अमूल्य मत दिएर सञ्चार जगत्को यात्रामा अझ बढी हौसला दिनुहुने मेरा आत्मीयमा असङ्ख्य आभार र धन्यवाद व्यक्त गर्दछु । मलाई मतले जितेर पदबहाल भएको देख्ने प्रतिक्षामा बसेर सहयोग गर्नुहुने समस्त मेरा धड्कनलाई निराश नहुन अपिल गर्दै मैले मेरो कर्मले हरेक दिन सफलता प्राप्त गर्ने छ भन्ने विश्वास दिलाउछु ।

    निर्वाचनको सन्दर्भमा साथीहरूले देखाएको व्यवहारले केही सकारात्मक र केही सोच्नुपर्ने पाठ सिकाएको छ । यसलाई शिरोधार्य गर्दै म तपाईंहरुको सेवा र पत्रकारिताकर्ममा अनवरत अगाडि बढ्ने छु ।

    सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.