• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कहाँ छ रे बबुवा तेरो देश ?


  •   आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
  • महेश पराजुली

    Advertisement

    देश देश भन्थिस् त, कहाँ छ बबुवा तेरो देश ?
    म त केही देख्दिनँ त यहाँ, अगाडि त निष्पट अँध्यारो पो छ त !
    अँ, केही सल्बलाइरहेको चाहिँ छ, के हो, को हो, केही ठम्याउन सकिरहेको छैन
    गोहीहरू हुन् कि सर्पहरू हुन् कि !
    एSS, अहिले त स्यालहरू जस्ता पो देखिए त, कतै व्वाँसाहरू पो हुन् कि!
    अरिङ्गालहरू पो हुन् कि भुनभुनाइरहेका
    ठूला–जुरे साँढेहरू पो मान्दैछु है अहिले त, डुक्रिरहेका र सिंगौरी खेलिरहेका
    ती कता कता मान्छे नै पो हुन् कि ? के अचम्म हो यो ?
    धत् यस्तो पनि हुन्छ कहीँ !
    ती जे सुकै होऊन् तर तैले देश देश भन्दै गीत गाउँदै आएको देश चाहिँ होइन
    देश देश भनेर हिँडेर के नापिस् हँ ?
    मात्र पैताला नापिस्, बगर नापिस्, जङ्गल नापिस्, चोरबाटो नापिस्,
    कति दिन हिँडिस् रे ? दुई दिन ? चार दिन ? सात दिन ?
    तातो अलकत्रा हिँडिस्, काँडाघारी हिँडिस्, गेग्य्रान हिँडिस्,
    के खाइस् रे ? गाली खाइस्, लट्ठी खाइस्, घोक्य्राइ खाइस्
    अँ चाउचाउ र चिउरा, नुन खुर्सानी र पानी पनि खाइस्
    धेरै त आफ्नै प्रश्न खाइस्, आफ्नै ग्लानी खाइस्, आफ्नै आँसु खाइस्,
    को छ बबुवा तेरो देशमा जसले तँलाई तँ भनेर चिन्छ, सम्झन्छ, र माया गर्छ ?
    तिनै जसले तँलाई देश निकाला गरे ?
    बब्बा, मलाई कसले देश निकाल्छ हँ ?
    मै त हुँ देश
    अनि, जो यो तिमी भन्दैछौ नि मलाई देश निकाला गर्नेहरू भनेर
    ती कोही हैनन्, केही हैनन्, तिनको केही हैसियत छैन बब्बा
    जुन शून्यबाट ती आएका थिए त्यही शून्यमा ती बिलाउनेछन्।
    देश त म हो बब्बा, आगो बोक्ने मेरो छाती हो, आँधी बोक्ने मेरो मन हो
    देश त मेरा पाखुरी हुन्, मेरा पैताला हुन्
    देश मसँगै हिँडिरहेको यो लर्कन हो
    देश सानी छोरी काँधमा हालेर हिँडिरहेको त्यो बाबु हो
    देश आफ्नो मर्दलाई डोर्‍याउँदै हिँडेकी त्यो युवती हो
    देश त्यो केटो हो जसको आँखामा ज्वाला छ
    त्यो केटी हो जसको आँत हुरहुरी बलिरहेको छ।
    मेरी माई मेरो देश हो, बब्बा तिमी मेरो देश हौ
    तिमीहरू छौ र त म छु
    मेरी बिटियाकी अम्मा मेरो देश हो जसको प्यारले मलाई आँट दिइरहन्छ
    मेरी बिटिया मेरो देश हो जसको हाँसो मेरो प्राण हो
    मेरो खेत–खलिहान मेरो देश हो जहाँ हामी सबैको पसिना छ
    मेरो आकाश मेरो देश हो जसले हामीलाई जीवन दिएको छ
    आकाशका चराचुरूङ्गी मेरो देश हो जसले जीवन जिउने कला दिएको छ।
    साँढेहरू जतिसुकै डुक्रिउन्, जतिसुकै सिंगौरी खेलून् मलाई केही फरक पर्दैन
    अरिङ्गालहरू जतिसुकै भुनभुनाउन् वा बाटै छेकून् मलाई केही फरक पर्दैन
    मेरो देश त मैसँग छ।

    आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.